फाइजरले क्यानडामा पनि पायो स्वीकृति

२५ मंसिर ७७, बिहीबार

२५ मंसिर, एजेन्सी ।
क्यानडामा पनि फाइजर–बायोएनटेकले निर्माण गरेको कोभिडविरुद्धको खोप सर्वसाधारणको प्रयोगका लागि स्वीकृति दिइएको छ ।

Advertisement

बेलायतपछि खोप स्वीकृत गर्ने क्यानडा विश्वको दोस्रो देश बनेको छ। बेलायतमा भने खोप अभियान सुरु भएको छ। क्यानडाको स्वास्थ्य नियामक निकायले फाइजरको खोपलाई स्वीकृति प्रदान गरेको समाचार संस्था एपीले जनाएको छ।

आउँदो हप्ता अमेरिकाले पनि सो खोपलाई स्वीकृति प्रदान गर्ने अपेक्षा छ। बेलायतमा गएको मंगलबारदेखि खोप अभियान सुरु भएको थियो । उत्पादकले खोपबारे लगातार सूचना दिनु पर्ने शर्तसहित क्यानडाले खोपलाई स्वीकृति प्रदान गरेको हो।

Advertisement

क्यानडाले खोपका दुई लाख ४९ हजार डोज यो महिना प्राप्त गर्ने अपेक्षा छ। बेल्जियमबाट शुक्रबार खोपको पहिलो खेप ३० हजार डोज आएपछि खोप अभियान सुरु हुने अधिकारीले बताएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top