इटालियन लेजेण्ड पाओलो रोसीको निधन

२४ मंसिर ७७, बिहीबार

२५ मंसिर, एजेन्सी ।
सन् १९८२ को विश्वकप विजेता इटालीका नायक खेलाडी पाओलो रोसीको बिहीबार निधन भएको छ ।

उनी ६४ वर्षका थिए । इटालीको टीभी च्यानल राइ स्पोर्टसले रोसीको निधन भएको पुष्टि गरेको छ । उनकै उत्कृष्ट प्रदर्शनमा इटालीले त्यति बेला तेस्रो पल्ट विश्वकप जितेको थियो ।

रोसी राइ स्पोर्टसमै फुटबल पण्डितका रूपमा काम गरिरहेका थिए । राइ स्पोर्टसले भनेको छ, ‘निकै दुःखद खबर, पाओलो रोसी रहेनन् । उनी सधैं हाम्रो सम्झनामा रहने छन् ।’ मृत्युको कारण भने टीभी च्यानलले खुलाएको छैन ।

Advertisement

रोसीले सन् १९८२ को विश्वकपको दोस्रो चरणमा ब्राजिलविरुद्ध इटालीका लागि ह्याट्रिक गरेका थिए । यस्तै सेमिफाइनलमा पोल्यान्डविरुद्ध प्राप्त २–० जितमा दुवै गोल उनको नाममा रह्यो । उनले पूरै प्रतियोगितामा ६ गोल गरेका थिए ।

यस्तै पश्चिम जर्मनीविरुद्ध फाइनलमा प्राप्त ३–१ जितमा पनि रोसीले नै पहिलो गोल गरेका थिए । उनले घरेलु फुटबलमा भने युभेन्ट्स र मिलानका लागि खेले । उनले दुई अवसरमा सिरी ए उपाधि तथा एक–एक युरोपियन कप र कोपा इटालिया जिते ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top