११ बुँदे घोषणापत्र पारित गर्दै लैङ्गिक हिंसाविरुद्धको इटहरी सम्मेलन सम्पन्न

२५ मंसिर ७७, बिहीबार

२५ मंसिर, इटहरी ।
११ वुँदे इटहरी घोषणा पत्र पारित गर्दै लैङ्गिक हिंसा विरुद्धको दोश्रो इटहरी सम्मेलन सम्पन्न भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पर्यटकीय स्थल तालतलैयामा भएको सम्मेलनले एक बर्षे कार्ययोजना पारित गरेको छ ।

Advertisement

सम्मेलनलाई सम्वोधन गर्दै प्रमुख अतिथि इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले १६ दिन सम्म वडा वडामा गरिएको अभियानले लैगिक हिंसा विरुद्ध जागरण र चेतना फैलाएको वताए । सामाजिक जागरण र दण्डहिनताको अन्त्य गर्न सके लैगिंक हिंसाका घटना कम हुने उनले वताए ।

कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । उनले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा इटहरीका सवै वडाहरुमा अन्र्तक्रिया कार्यक्रम सहितका ४० वढि कार्यक्रम सम्पन्न गरिएको वताइन् । विषम परिस्थितिका वावजुद पनि लैङ्गिक हिंसा विरुद्धको अभियानलाई यस वर्ष गत बर्ष भन्दा अझ ब्यापक वनाएको उनले वताइन् ।

Advertisement

सम्मेलनले पारित गरेको घोषणा पत्रमा उपमहानगरले लैगिक नीति निर्माण गरि कार्यावन्यन गरिने,महिलाले नागरिकता प्राप्तीमा झेल्नु परेका समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने,सवैको पहँुच युक्त सार्वजनिक निकायका भवन सवैको पहँुच युक्त भौतिक संरचना निर्माणमा साझा प्रतिवद्धता ब्यक्त गरिएको छ ।

यस्तै सम्मेलनवाट एक बडामा पाँच वटा किशोरी साथी समूह निर्माण गरिने,प्रत्येक वडामा रहेका सामुदायिक मेलमिलाप केन्द्रमा हेल्पडेक्स स्थापना गरिने,एक वडा एक मनोविमर्षकताको ब्यवस्था गरिने,हिंसा प्रभावित महिला तथा वालवालिकाको पूर्नस्थापना र जिविकोपार्जनमा टेवा पूरयाउन आवश्यक तालिम र सहयोगका ब्यवस्था मिलाउने लगायतका कार्ययोजना तय गरिएको छ ।

Advertisement

मंसीर १० गते इटहरी उपमहानगर परिसरमा तथा सेतो रिवन वितरण गरेर लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम शुभारम्भ गरिएको थियो । अभियानका क्रममा इटहरीका सवै २० वटै वडामा विभिन्न कार्यक्रम आयोजना गरिएका छन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top