आज सुनचाँदीको भाउ स्थिर

आज सुनचाँदीको भाउ स्थिर

२६ मंसिर, काठमाडौं । साताको अन्तिम दिन आज सुनचाँदीको भाउ स्थिर छ ।

सुन आज पनि तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि अस्ति सुनको भाउ तोलामा ९३ हजार ४ सय रुपैयाँ थियो ।

मंगलबार सुन तोलामा ९४ हजार एक सय रुपैयाँ थियो भने सोमबार ९२ हजार ६ सय रुपैयाँ थियो ।

हप्ताको पहिलो दिन आइतबार भने ९२ हजार सात सय रुपैयाँमा सुनको कारोबार भएको छ । समग्रमा यो साता सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको छ ।

यस्तै, यो हप्ता चाँदी पनि तोलामा १० रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन आइतबार तोलाको १२ सय १० रुपैयाँ रहेको चाँदीको भाउ आज १२ सय रुपैयाँमा कारोबार भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.