बाइडन र ह्यारिस बने टाइमको २०२० को ‘वर्ष व्यक्ति’

२६ मंसिर, एजेन्सी । विश्वको चर्चित पत्रिका टाइमले जो बाइडन र कमला ह्यारिसलाई वर्ष २०२० को वर्ष व्यक्ति (पर्सन अफ दि ईयर) घोषणा गरेको छ ।

दुबै व्यक्ति हालै सम्पन्न अमेरिकी निर्वाचनमा राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । निकै प्रतिष्पर्धात्मक मानिएको यस निर्वाचनमा बाइडेनले बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पलाई हराएर ह्वाइट हाउस जाने मार्ग तय गरेका हुन् ।

३ नोभेम्बरमा भएको अमेरिकी चुनावको मतगणनाको परिणाम अनुसार ७ नोभेम्बरसम्ममा दुबैका लागि ह्वाइट हाउसको मार्ग प्रशस्त भएको थियो । तर ट्रम्पले भने चुनवामा धाँधली भएको भन्दै अझै पनि हार स्वीकार्नु भएको छैन ।

Advertisement

ट्रम्प पहिलो कार्यकालमै ह्वाइट हाउसबाट निस्कन बाध्य बनिरहँदा कमला ह्यारिसले भने अमेरिकी निर्वाचनमा इतिहास रच्दै पहिलो महिला एवं पहिलो अश्वेत एवं दक्षिण एशियाई उपराष्ट्रपतिका रुपमा ह्वाइट हाउस प्रवेश पक्का गरेका थिए ।

यसैगरी, जूमका सीईओ एरिक युआनलाई भने बिजनेसपर्सन आफ दि ईयरमा मनोनित गरिएको छ । स्वास्थ्य संकटका समयमा भिडियो च्याट सेवाबाट पाएको लोकप्रियताका लागि युआनलाई मनोनयन गरिएको हो ।

Advertisement

यस्तै, गार्जियन्स आफ द ईयरका लािग टाइमले नश्लीय–न्यायका पक्षमा लड्ने अभियन्ता एसा ट्राओरा, पोर्च बेनेट–बे र महामारीका समयमा स्वास्थ्यका लागि काम गर्ने डा. एन्थोनी फौसीलाई मनोनयन गरेको छ ।

टाइम पत्रिकाले विश्वका प्रभावशाली व्यक्ति चयन गर्ने परम्परा सन् १९२७ देखि थालनी गरेको हो । सन् २०१९ का लागि वर्ष व्यक्ति युवा जलवायु अभियन्ता ग्रेटा थनबर्गलाई चुनिएको थियो ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top