×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

फाइजर खोपलाई अमेरिकी विज्ञको समर्थन

२६ मंसिर २०७७

२६ मंसिर, वासिङ्टन।

अमेरिकी विज्ञहरुले फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिन बिहीबार सिफारिस गरेका छन् । विज्ञको सिफारिसपछि अमेरिकामा कोभिड–१९ को खोप व्यापक रुपमा लगाउने बाटो खुलेको छ ।

Advertisement
Advertisement

संयुक्तराज्य अमेरिका विश्वमै कोरोनाभाइरसबाट सर्वाधिक प्रभावित मुलुक भएको छ । विगत ४८ घण्टाको अवधिमा मा ६ हजार भन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो मृत्युदर बढेसँगै अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या तीन लाखको हाराहारी पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

उत्तरी गोलाद्र्धका मुलुकहरुमा चिसो बढेर कोरोना संक्रमितको संख्या बढेको छ । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएको ठानिएको बेलायतमा यसै साता फाइजरको खोपलाई स्वीकृत गरी आमरुपमा खोप लगाउन थालिएको छ ।

क्यानडा, बहराइन र साउदी अरेबियाले पनि फाइजर–बायोएनटेकको खोपलाई स्वीकृत गरिसकेका छन् । युरोपेली युनियनका मुलुकहरुले पनि फाइजर समेतका कम्पनीका खोपलाई स्वीकृत गर्ने बारेमा छलफल गरिरहेका छन् ।

अमेरिकी खाद्य तथा औषधि प्रशासन ९एफडिए० ले आयोजना गरेको विज्ञहरुको बैठकमा १७ जनाले फाइजरको खोपको पक्षमा मतदान गरेका थिए भने चार जनाले विपक्षमा र एक जना अनुपस्थित रहेका थिए । यद्यपी यो मतदान बाध्यकारी भने छैन, तर आपतकालीन प्रयोगको बाटो खोल्न यो मतदानले विशेष महत्व राख्नेछ ।

न्यू इङ्ल्यान्ड मेडिसिन जर्नलले फाइजरको खोप लगाएका करिब ४४ हजार व्यक्तिमाथि गरिएको क्लिनिकल परीक्षणको पूर्ण विवरण प्रकाशन गरेको छ जसले फाइजरको खोप ९५ प्रतिशत सुरक्षित रहेको र खोप लगाउने व्यक्तिमा कुनै गम्भीर शारीरिक असर नदेखिएको जनाएको छ ।

Advertisement
Advertisement

जर्नलको सम्पादकीयमा फाइजरको खोपको नतिजा कोभिड–१९ विरुद्ध ठूलो विजय हो भनिएको छ । कोरोनाभाइरस महामारीबाट विश्वभर १५ लाख ७० हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । अमेरिकाले यसै डिसेम्बर महिनाभित्र २ करोड मानिसलाई खोप लगाउने योजना अघि बढाएको छ जसमा केएर होममा रहेका व्यक्ति र स्वास्थ्यकर्मीहरु पहिलो प्राथमिकतामा छन् ।रासस / एएफपी

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top