दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(तयारी त दरै छ)
नेपाली कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशैभर गर्ने प्रदर्शनमा केन्द्रीय कार्यालयबाटै प्रतिनिधि खटाउने/प्रदर्शनका लागि दश वटा नारा तय /गगन थापालाई कैलाली, शेरबहादुर देउवा हेटौंडा र शशांक कोइराला विराटनगरका लागि खटिइने ।

२.(अडियो प्रकरण)
कोभिड संक्रमणले निधन भएका नेकपा नेता कमानसिंह लामाको व्यवसायिक मामिलामा आफूलाई जोडेर चरित्र हत्या गर्न खोजिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाई /आफुमाथि षडयन्त्रपूर्वक ढंगले आक्रमण भएको उल्लेख ।

३.(खोपको सुरसार)
कोरोना भाइरसको खोप ल्याउने विषयमा उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलद्वारा मन्त्रीहरुसँग छलफल /कोभिड नियन्त्रण सम्बन्धी कार्यको बारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यका साथ प्रकाशन गर्ने निर्णय ।

४.(अटेर सरकार ?)
डीआईजी विश्वराज पोखरेललाई एआईजीमा बढुवा नगर्न समितिले दिएको निर्देशन सरकारले पालना गर्नैपर्ने राज्य व्यवस्था समितिका सभापति शशी श्रेष्ठको भनाई /सरकारले आफ्ना भनाई राख्नुपर्ने भए समितिमा नै राखेर स्पष्ट पारी कार्यान्वयनमा जानुपर्ने उल्लेख ।

५.(लेखाको बोलावट)
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताका बारेमा छलफल गर्न स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई बोलाउने /बैठक लामो समय नबस्दा सडक, विद्युतका ठेक्कालगायतका विषयका उजुरी बढ्दो ।

६.(कारवाही नगर्नु)
उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन छापेका दुई वटा संस्थालाई कारबाही गर्ने सरकारको निर्णयप्रति गैरसरकारी संस्था महासंघ नेपालको ध्यानाकर्षण/ प्रतिवेदन सार्वजनिक गरेको कारण मुलुकको सुरक्षा तथा अन्तर्राष्ट्रिय कूटनीतिमा कुनै आँच नआएको भन्दै कारबाही गर्न नहुने ठहर ।

७.(आजको अवस्था)
नेपालमा आज १ हजार ४४ नयाँ संक्रमित थपिँदा १ हजार २७१ जना डिस्चार्ज /हालसम्म १६ सय ७४ संक्रमितको मृत्यु /देशभर सक्रिय संक्रमितको सख्या १२ हजार १४८ ।

८.(खोई ! आशा गरौं)
मेलम्ची खानेपानी आयोजनाको सुरुङमा द्वार पुनः हाल्ने कामसँगै त्यहाँका सबै पूर्वाधारबारे अध्ययन सुरु /अध्ययनका लागि सामान्यतया २८ दिन लाग्ने/सुरुङको अवस्था ठीक भएर सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आएपछि पानी वितरण हुने ।

९.(असुरक्षित समाज)
कोरोना महामारीका बेलामा सुदूरपश्चिम प्रदेशमा आत्महत्या र हत्या हिंसाका घटनाहरु बढे / लकडाउन यता कार्तिक मसान्तसम्म २७६ आत्महत्या, १ सय ६० बलात्कारका घटना र ५ सय २५ घरेलु हिंसाका घटनाहरु भएको तथ्याङक ।

१०.(लाइसेन्स लिन जानु)
ललितपुरको एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयले झण्डै ७० हजार अनुमतिपत्र वितरण गर्न बाँकी /दुई,तीन वर्ष पहिले छापिएर आएको अनुमतिपत्र लिन समेत सेवाग्राही नआएको कार्यालयको भनाई ।

११.(चालकका लागि……)
नवलपरासीमा गएराति ट्रयाक्टर चालकको ज्यान गएपछि स्थानीयको प्रदर्शनका कारण अवरुद्ध पूर्व पश्चिम राजमार्ग संचालनमा /नदीजन्य पदार्थ अवैध रुपमा निकाल्दै गरेको समयमा ट्रयाक्टरसहित भाग्ने क्रममा दुर्घटना भएको प्रहरीको भनाई ।

१२.(हेर्न जाऔ ढुंगा)
पर्वतको महाशिलामा रहेको एसिया कै ठूलो ढुंगा क्षेत्रमा विभिन्न भौतिक संरचनाहरु निर्माण हुँदै / करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको ढुंगा एसियाकै ठूलो ढुंगा भएको स्थानीयहरुको दाबी /ढुंगा पर्यटकका लागि आर्कषणको केन्द्र बन्दै ।

१३.(औपचारिकतामा विवाह)
कोरोना कहरकाबीच बिभिन्न धार्मिक गतिविधि हुन नसकेको जानकी मन्दिरमा यस पटकको विवाह पञ्चमीमा पनि विधिमात्र पूरा गरिने /भारतबाटपनि जन्ती नआउने/ बालाचतुर्दशीमा देवघाट नआउन देवघाट क्षेत्र विकास समितिको आग्रह ।

१४.(नेपालको तालिका)
एसियाली फुटबल महासंघ ९एएफसी०द्वारा कतारमा हुने फिफा विश्वकप २०२२ को छनोट चरण अन्तर्गत समूह चरणको बाँकी खेल तालिका सार्वजनिक /अब नेपालले बाँकी खेल मार्च र जुन महिनामा खेल्ने / ५ खेलमा १ जित र ४ हार बेहोरेको नेपालले बाँकी ३ खेल दशरथ रंगशालामा खेल्ने ।

र,

१५.(आजको कहर)
कोरोना महामारीका कारण हालसम्म विश्वमा ज्यान गुमाउनेको संख्या १५ लाख ९१ हजार बढी पुग्यो / संक्रमित हुनेहरुको कुल संख्या ७ करोड नाघ्यो /४ करोड ९२ लाख बढी उपचारपछि निको भए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top