कलंकीमा ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २ पुग्‍यो, ६ जना घाइते

२७ मंसिर, काठमाडाैँ ।

Advertisement

काठमाडौँको कलंकीमा ट्रकको ब्रेक फेल भएर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्। शुक्रबार राती थानकोटबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश -२- ०३००१ ख १४२० नम्बरको मालवाहक ट्रक ब्रेक फेल भई दुर्घटना भएकाे थियाे ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा कङशंकर दमाई, रञ्‍जित कुमार चौधरी रहेका छन्। यस्तै घाइते हुनेहरुमा शम्भुनाथ, रामचन्द्र सिम्खडा, सुजन मानन्धर, विशाल श्रेष्ठ र सन्ध्य खत्री रहेकाे प्रहरीले जनाएकाे छ।

Advertisement

ट्रकले ६ वटा सवारीसाधनलाई ठक्कर दिएको थियो। कालिका पेट्रोल पम्पनजिकै ब्रेक फेल हुँदा ट्रकले मोटरसाइकल र कारहरुलाई ठक्कर दिएको थियो।

घटनास्थलमा क्रेन लगेर दुर्घटना भएको ट्रक तानिएको छ ।

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top