×

NEPAL TIMES UPDATES

Playing
Trumpका अर्का विशेष दूत किन आउँदैछन् नेपाल ? || Nepal Times
Apr 24, 2026
Playing
के रविले बालेनले चलाउने डोजर रोक्लान् ? सुकुम्बासीले पार्टी घेरे || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीलाई २२४ अपार्टमेन्टमा राखिने,यस्तो छ बालेन सरकारको तयारी || Nepal Times
Apr 24, 2026
Playing
बागमती किनारको सुकुम्बासी बस्तीमा अहिले के हुँदैछ ? || Nepal Times
Apr 24, 2026
Playing
Top 15 Afternoon News || April-24-2026 || Nepal Times
Apr 24, 2026
Playing
विद्यार्थी संगठन खारेज गर्न बालेनलाई बाधा || Nepal Times
Apr 24, 2026
Playing
Israel र Lebanon बीच थप तीनसाता यु द्धविराम || Nepal Times
Apr 24, 2026
Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026

अब तरकारी र फलफूलमा विषादी सीमा

२७ मंसिर २०७७

काठमाडौं : प्रांगारिक मल र अर्गानिक उत्पादनको जति प्रचार भए पनि कृषि उपज विषादीको प्रयोग नगरी बजारमा आइपुग्दैनन् । स्वदेशीभन्दा बढी आयातित कृषि उपज बजारमा आइपुग्छन्, जसमा प्रयोग भएका विषादीको मात्राबारे सरकारको नीति प्रस्ट हुन नसक्दा अलमल नै थियो । अब भने सरकारले तरकारी, फलफूल र चियामा विषादीको अधिकतम मात्रा तोक्ने भएको छ । यसका लागि विषादी अवशेषको अधिकतम सीमा तोक्नेसम्बन्धी खाद्य पदार्थको गुणस्तर निर्धारण आदेश मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

यो सँगै स्याउ, केरा, करेला, भन्टा, बन्दा, काउली, भिन्डी, आलु, टमाटर र चियामा विषादीको मात्रा तोक्ने बाटो खुलेको छ । फलफूल तथा तरकारीमा पहिलो पटक जीवनाशक विषादी अवशेषको अधिकतम सीमा (म्याक्सिमम रेजिड्यु लिमिट) निर्धारण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले बताए । ‘यसअघि आयातित र स्वदेशी तरकारी तथा फलफूलका लागि विषादी मात्राको मापदण्ड थिएन । धेरै गृहकार्यपछि मन्त्रिपरिषद्मा पेस भयो । स्वीकृत पनि भयो,’ उनले भने, ‘सबै ल्याब तयारी अवस्थामा छन्, अब कार्यान्वयनमा जान्छौं ।’

Advertisement
Advertisement

मन्त्रिपरिषद्को निर्णयपछि अब आदेश राजपत्रमा प्रकाशित हुनेछ । त्यसपछि यसले थप आधिकारिकता पाउनेछ । अहिले करिब २८/२९ ग्रुपका विषादी प्रयोग भइरहेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए । ती विषादी तरकारी, फलफूल तथा अन्य बालीमा प्रयोग भइरहेका छन् । स्वदेशी गरी विदेशबाट आयात हुने फलफूल तथा तरकारीमा पनि विषादीको मात्रा भेटिन्छ । त्यसलाई व्यवस्थित गर्न तरकारी तथा फलफूल गरी मुख्य १० वटामा मात्रा तोक्ने निर्णय गरिएको हो । ‘यसअघि फलफूल तथा तरकारीमा विषादीको सीमा तोकिएको थिएन । करिब डेढ वर्षको गृहकार्यपछि यो काम भएको छ,’ महर्जनले भने । निकासी पैठारी (नियन्त्रण) ऐनअनुसार भन्सार बिन्दुमा क्वारेन्टाइन प्रक्रिया र जीवनाशक विषादीको अवशेष परीक्षण गर्नुपर्ने व्यवस्थाअनुसार सीमा तोक्ने तयारी गरिएको थियो ।

ड्राफ्ट प्राविधिक समितिबाट स्वीकृत भएपछि स्तर निर्धारण समितिबाट स्वीकृत गरिन्छ । त्यसपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेस गर्नुपर्छ,’ उनले भने, ‘मन्त्रिपरिषदबाट स्वीकृत भएपछि वैधानिक हुन्छ ।’ उनका अनुसार ‘एमआरएल’ निर्धारणबारे विश्व व्यापार संगठन (डब्लूटीओ) लाई जानकारी गराइएको थियो । एमआरएल निर्धारणबारे डब्लूटीओ आबद्ध कुनै पनि देशले टिप्पणी नउठाएपछि कार्यान्वयनका लागि मन्त्रिपरिषद्मा पेस गरिएको हो ।

Advertisement

प्रवक्ता महर्जनका अनुसार स्याउमा २७ वटा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा तोकिएको छ । केरामा ४२, करेलामा १, भन्टामा २१ र बन्दामा ३५ वटा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा तोकिएको छ । काउलीमा १३, भिण्डीमा ४, आलुमा ७१ र चियामा १९ वटा अवशेषको अधिकतम सीमा तोकिएको उनले जानकारी दिए । ‘विषादीको सीमा/स्तर नहुँदा कारबाहीमा जान गाह्रो हुन्थ्यो । कति मात्रा भएपछि कारबाही गर्ने भन्नेमा अन्योल हुन्थ्यो,’ महर्जनले भने, ‘अहिले अन्तर्राष्ट्रिय मापदण्डका आधारमा सीमा तोकेका छौं । विषादीको मात्रा बढी देखिए खाद्य ऐनअनुसार कारबाही हुन्छ ।’ यसअनुसार ५० हजार रुपैयाँ वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने जनाइएको छ ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top