हुम्लामा एक सिलिन्डरको मूल्य चौध हजार

हुम्लामा एक सिलिन्डरको मूल्य चौध हजार

हुम्ला: हुम्लामा एक सिलिन्डर ग्यासको मूल्य १४ हजार रुपियाँमा बिक्री हुने गरेको छ । मुगुको गमगढीबाट हुम्लाको सदरमुकाम सिमकोटसम्म पैदल ढुवानी गरेर ल्याउनुपर्ने भएपछि मूल्य आकाशिएको हो ।

सिमकोट बजारका बासिन्दा नन्दकुमार सिंहले एक ग्यास सिलिन्डरको मूल्य १४ हजार तिरेको बताउनुभयो । विद्युत् नियमित नहुने, दाउरा बाल्दा महँगो पर्ने भएपछि ग्यासको जोहो गर्दा ग्यासको मूल्य चर्को तिर्नुपरेको उहाँको भनाइ छ । पैसा बढी परे पनि सहज हुने भएको कारण हुम्लामा ग्यास चुलोप्रति आकर्षण बढ्दै गएको छ ।

हवाईजहाजमा ल्याउन नमिल्ने र खच्चडमा ढुवानी गरेर हुम्लामा ग्यास सिलिन्डर भित्रिने गरेको छ । ग्यास व्यापारी लोकेन्द्र शाहीले हुम्लामा ग्यास महँगो पर्नुको कारण पाँच दिन पैदल लगाएर ढुवानी गर्नु रहेको बताउनुहुन्छ । उहाँले अग्रिम अर्डर भएपछि मात्र मुगुबाट ग्यासका सिलिन्डर झिकाउने गरेको जानकारी दिनुभयो । अर्कोपटक ग्यास भर्नुपर्दा नौ हजार रुपियाँ लाने गरिन्छ ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.