×

NEPAL TIMES UPDATES

Playing
World News:रुसमा विषाक्त वर्षा,युक्रेनलाई ९० अर्ब ऋण, मेटामा ८ हजार कर्मचारी कटौती || Nepal Times
Apr 24, 2026
Playing
Trumpका अर्का विशेष दूत किन आउँदैछन् नेपाल ? || Nepal Times
Apr 24, 2026
Playing
के रविले बालेनले चलाउने डोजर रोक्लान् ? सुकुम्बासीले पार्टी घेरे || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीलाई २२४ अपार्टमेन्टमा राखिने,यस्तो छ बालेन सरकारको तयारी || Nepal Times
Apr 24, 2026
Playing
बागमती किनारको सुकुम्बासी बस्तीमा अहिले के हुँदैछ ? || Nepal Times
Apr 24, 2026
Playing
Top 15 Afternoon News || April-24-2026 || Nepal Times
Apr 24, 2026
Playing
विद्यार्थी संगठन खारेज गर्न बालेनलाई बाधा || Nepal Times
Apr 24, 2026
Playing
Israel र Lebanon बीच थप तीनसाता यु द्धविराम || Nepal Times
Apr 24, 2026
Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026

कसरी भयो सगरमाथाको उचाइ मापन ?

२७ मंसिर २०७७

काठमाडाैँ : २०७६ जेठ ८ गते बिहान ३ वजे नापी विभागका दुई कर्मचारी खिमलाल गौतम र रविन कार्की सगरमाथाको चुचुरोमा पुगे। ४२ दिनअघि सगरमाथाको उचाइ नाप्ने जिम्मेवारीसहित त्यसतर्फ लागेका उनीहरूका लागि ऐतिहासिक दिन थियो। दुई वटा मेसिन बोकेर चुचुरामा पुगेका उनीहरू त्यहाँ १ घण्टा १६ मिनेटसम्म बसे। एउटा मेसिन (जिएनएसएस)ले उचाइ मापन गथ्र्यो भने अर्को मेसिनले हिउँको अवस्था जानकारी गराउँथ्यो। गौतम र कार्की चुचुरोमा पुग्दा तापक्रम माइनस ४३ डिग्री सेल्सिएस थियो। तरप नि उनीहरूले त्यही मेसिनको सहयोगमा सगरमाथाको नयाँ उचाइ मापनको काम सके। उनीहरूलाई त्यहाँ छिरिङ जाम्बु शेर्पाले गाइड गरिरहेका थिए। चुचुरोबाट फर्कदा कार्की र गौतमले एउटा ठूलो अवरोधको सामान गर्नुपर्‍यो।

कार्कीले बोकेको सिलिण्डको अक्सिजको लेबल सिद्धिन थाल्यो। उनलाई लाग्यो अब म एक घण्टापछि मर्छु।’ उनको दुईवटै आँखाले काम छाडे। ‘त्यतिखेर ब्ल्याक एण्ड ह्वाइट मात्र देख्न थाले। अब म मर्छु भन्ने मलाई लाग्यो,’ कार्कीले भने, ‘त्यसको आधा घण्टापछि म बेहोस भए छु।’ कार्की बहोस भएपछि अर्को साथीले उनलाई हतारहतारमा अक्सिजन दिए र अक्सिज लगाएपछि कार्कीको होस खुल्यो।

Advertisement
Advertisement

यस्तै अवरोध गौतमले पनि व्यहोरे। उनको खुट्टाको बुढी औंलाको माथिल्लो भाग हिँउले खायो। बेस क्याम्पमा सुरजसिंह भण्डारी र युवराज धिताल बसेका थिए। विभागसँग भण्डारी र धितालले कनेक्सन गरिरहेका थिए। कार्कीले भने, ‘जतिसुकै अवरोध आए पनि यो राष्ट्रिय गौरवको योजना हो। यो योजना सफल बनाउनुपर्छ भन्ने हामीलाई लाग्यो। त्यसैले हामीले यस्तो जोखिम उठायौं।’

विभागले दुई प्रविधिबाट सगरमाथाको मापन गरेको जनाएको छ। एउटा परम्परागत प्रविधि (समतल नापी) र अर्को अत्याधुनिक प्रविधि (जिएनएसएस) प्रविधि। जिएन एसएस प्रविधिअन्तर्गत एउटा निश्चित बिन्दुलाई आधार बनाइ कोण पत्ता लगाउने र त्यस कोणलाई आधार बनाएर अन्य बिन्दुका कोण पत्ता लगाउँदै मापन गरिएको विभागका प्राविधिकहरू बताउँछन्। यसैगरी गुरुत्वआकर्षणलाई आधार बनाएर मापन गरिएको विभागको भनाइ छ। यस काममा जिएनएसएस र कोर्स सिस्टम (चौबिसै घण्टा डाटा अवलोकन गर्ने काम)बाट मापन गरिएको विभागले जनाएको छ। विभागले अहिले सगरमाथाको ५ हजार १ सय मिटरको उचाइमा यस्तो मेसिन (कोर्स मेसिन) राखेको छ। यसले चौबिसै घण्टा डाटा संकलन गर्ने गर्छ।

नेपालले आधार बिन्दु बंगालको खाडीलाई बनाएको छ। बंगालको खाडीबाट सिरहाको माडरसम्म भारतले आफैं मापन गरेका थियो। माडरदेखि सगरमाथाको चुचुरोसम्म मापन गर्ने काम नेपाली प्राविधिकले गरेका छन्। चीनले भने एलोसी समुद्रलाई आधार बनाएर मापन गरेको थियो। ‘बंगालको खाडी र एलोसि समुद्रलाई आधार बनाउँदा फरक फरक उचाइ आउन सक्थ्यो। त्यसैले हामीले अन्तराष्ट्रिय मापदण्डअनुसार गुरुत्ताकर्षण सिस्टमबाट एउटै आधार तय गर्‍यौं,’ विभागका महानिर्देशक प्रकाश जोशीले भने, ‘यो हाम्रो नयाँ अनुभव थियो। हाम्रो कामलाई विश्वका अन्य देशका प्राविधिकहरूले उच्च सम्मान गरेका छन्।’

चुचुरोसम्म मापन गर्दा नेपाली प्राविधिकहरूले ३ सय ४६ वटा आधार बिन्दु बनाएका थिए। बगांलको खाडीबाट आधार बिन्दु तय गरिएको थियो। २०७५ चैत २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीनिवास बालुबटारबाट सगमारथा मापनमा जाने टोलीलाई बिदा गरेका थिए। ४ जनाको टोलीमध्ये गौतम र कार्की चुचुरामै पुगेका थिए भने सुरजसिंह भण्डारी र युवराज धिताल आधार शिविरसम्म पुगेका थिए। सगरमाथा पुगेका ४ जना टोली त्यहाँ ४२ दिनसम्म बसे। उनीहरू २०७५ चैत २९ गते काठमाडौंबाट हिडेका थिए भने २०७६ जेठ ९ गते त्यहाँबाट फर्के। ‘सगरमाथाबाट फर्केपछि म यति कमजोर भए छु कि मेरो तौल ५८ बाट ५२ केजीमा झर्‍यो,’ कार्कीले भने। उनलाई उद्धार गरेर काठमाडौं ल्याइएको थियो। टोली लुक्लाबाट हिँडेरै चुचुरोसम्म पुगेका थिए।

विभागका अनुसार यस काममा विभागका १ सयभन्दा बढी प्राविधिक र गैरप्राविधिक कर्मचारी संलग्न भएका छन्। यसका लागि विभागले सुशील डंगोलको संयोजकत्वमा एउटा कार्यदल गठन गरेका थियो। उक्त कार्यदको निर्देशन तथा प्रत्यक्ष रेखदेख विभागका महानिर्देशक जोशी आफैंले गरेका थिए। सगरमाथा मापनको काममा करिब १३ करोड रूपैयाँ सगरमाथा मापनको काम सिद्धिएको विभागले जनाएको छ। सगरमाथाको मापन सुरु गर्नुअघि विभागले सन् २०१७ डिसेम्बरमा अन्तर्राष्ट्रिय गोष्ठी गरी विज्ञहरूसँग सल्लाह सुझाव मागेको थियो। उक्त गोष्ठीमा चीन, भारत, अमेरिका, जापान, न्युजिल्याण्ड, बेलायतलगायतका देशका प्रतिनिधिको उपस्थिति रहेको थियो। ‘उक्त गोष्ठीबाट अन्तर्राष्ट्रिय विज्ञहरूबाट हामीले धरै सिक्ने मौका पायौं,’ जोशीले भने।

Advertisement

नेपालले सगरमाथाको मापनको काम अन्तिम चरणमा पुर्‍याएका बेला चीनले पनि उत्तरी मोहडाबाट सगरमाथाको मापन सुरु गरेको थियो। मंगलबार नेपाल र चीनले एकैपटक सगरमाथाको नयाँ मापन घोषणा गरेका छन्। मंगलबार घोषणा गरिएको नयाँ उचाइ (८ हजार ८ सय ४८ दशमलब ८६ मिटर)लाई चीनले पनि औपचारिक मान्यता दिएको छ। यसअघि, चीनले सगरमाथाको उचाइ ८ हजार ८ सय ४४ दशमलव ४३ रहेको दाबी गर्दै आएको थियो।, याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top