फाइजरको खोप प्रयोग गर्न अमेरिकाले दियो अनुमति

२६ मंसिर ७७, शनिबार

२७ मंसिर,एजेन्सी ।
अमेरिकाले फाइजर र बायोएनटेकले संयुक्त रुपमा बनाएको कोरोना खोपको आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ ।

शुक्रबार अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले फाइजरको कोरोना खोपको आपत्कालीन प्रयोगका लागि अनुमति दिएको हो । समाचार संस्था रोयटर्सका अनुसार केही दिनमा अमेरिकामा कोरोना खोप वितरण सुरु हुनेछ ।

यसअघि चिकित्सकहरुको २३ सदस्यीय कार्यदलले एफडीएलाई फाइजर–बायोएनटेकको कोरोना खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिन सुझाव दिएका थिए ।

Advertisement

पहिलो चरणमा स्वास्थ्यकर्मी र जोखिम समूहमा रहेकालाई कोरोना खोप दिइने बताइएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिडियो सन्देश जारी गर्दै २४ घण्टाभित्र कोरोना खोप प्रयोगमा आउने बताएका छन् ।

९ महिनाभित्रै कोरोना खोप निर्माण हुनु विज्ञानमा चमत्कार भएको उल्लेख गर्दै ट्रम्पले सबै अमेरिकी नागरिक कोरोना खोप निःशुल्क रुपमा वितरण गरिने बताएका छन् । यसअघि बेलायतले फाइजरको कोरोना खोप प्रयोगमा ल्याइसकेको छ ।

Advertisement

बहराइन, क्यानडा, साउदी अरबले पनि फाइजरको कोरोना खोपको आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेका छन् भने भारतमा आपत्कालीन प्रयोगका लागि कम्पनीले अनुमति मागेको छ ।

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा बिहीबार एकैदिन तीन हजार भन्दा बढीको कोरोनाले मृत्यु भएको थियो । एकैदिन कुनै पनि मुलुकमा कोरोनाले यति संख्यामा मृत्यु भएको यो पहिलो पटक हो ।

अमेरिकामा अहिलेसम्म १ करोड ५८ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै कोरोनादे २ लाख ९४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने ६१ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

चिकित्सकीय परीक्षणमा फाइजरको खोप ९५ प्रतिशतसम्म प्रभावकारी रहेको पाइएको थियो । यो खोप २१ दिनको अन्तरमा दुई डोज दिनुपर्ने बताइएको छ । तर यो खोप माइनस ७० डिग्री तापक्रममा राख्नुपर्ने भएकाले ओसारपसार र व्यवस्थापनमा चुनौती रहेको स्वास्थ्यविद् बताउँछन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top