गाउँकै कुलोमा एक पुरुषको शव फेला

२६ मंसिर ७७, शनिबार

२७ मंसिर,पर्सा ।
पर्सामा एक जना पुरुषको शव फेला परेको छ ।

वीरगञ्ज–३२ पारसवाका ४७ वर्षीय सुरेन्द्र साह सोनारको शव फेला परेको हो । बाराको सिमरास्थित जगदम्बा स्टिलमा काम गर्ने सोनारको शव गाउँकै कुलोमा फेला परेको हो ।

गम्छाले घाँटी कसेको र दाहिने आँखामा चोट लागेको अवस्थामा शुक्रबार शव फेला परेको प्रहरीले जनाएको छ । रगत लागेको लठ्ठी पनि शवको छेउमै भेटिएकाले उनको हत्या भएको आशंका प्रहरीले गरेको छ ।

‘घटनास्थलको प्रकृति हेर्दा कर्तव्य गरी मारेको जस्तै देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले भनिन्, ‘पोष्टमार्टम रिपोर्ट आइसकेको छैन, घटनाबारे थप अनुसन्धान गरिरहेका छौं ।’

पैसाका लागि उनको हत्या भएको हुनसक्ने आंशका गरिएको छ । मंसिर २५ गते बिहीबार साँझ भाञ्जीको बिहेका लागि उनी उद्योगबाट रकम लिएर निस्किएका थिए । साँझ ६ बजे गाउँकै चोकमा उनलाई देख्नेहरु पनि भेटिएका छन् ।

शुक्रबार नै भाञ्जीको बिहे थियो । विवाहस्थलभन्दा ५ सय मिटर उत्तरतर्फ कुलोमा शव भेटिएको छ । गाउँलेले शव देखेपछि बिहान ११ बजे प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थल जाँच मुचुल्कापछि शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा ल्याइएको छ । सुरेन्द्रले मोबाइल फोनसमेत नबोक्ने भएकाले अनुसन्धानमा समस्या भइरहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top