२ लाख भारतीय रुपैयासहित १ जना पक्राउ

२६ मंसिर ७७, शनिबार

२७ मंसिर, विराटनगर ।
विराटनगरबाट प्रहरीले २ लाख भारतीय रुपैयासहित एक जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका वडा नं. १७ ईस्लामपुर स्थित अस्थायी प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरी टोलीले भारत सुन्दर बिहार पश्चिम दिल्ली बस्ने बर्ष ५६ को महेश चन्द्रलाई भारतबाट नेपाल तर्फ आउदै गरेको अबस्थामा चेकजाँच गर्ने क्रममा अवैध नगदसहित पक्राउ गरेको हो ।

उनको साथबाट १ लाख ९९ हजार भारतीय रुपैया नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले ५०० को ३९० वटा र २ हजारका २ वटा भारतीय नोट फेला पारी उनलाई नोट सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top