गौतम बुद्ध कप : सुपर ओभरमा करणको छक्का वर्षासँगै नारायणीको जित

२७ मंसिर, चितवन ।

तीव्र गतिका बलर करण केसीको विष्फोटक ब्याटिङमा नारायणीले गौतम बुद्ध कपमा बागमतीलाई सुपर ओभरमा पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

निर्धारित २० ओभरमा दुवै टोलीले समान ११७ रन बनाएपछि खेफ सुपर ओभरमा धकेलिएको थियो, जहाँ पहिले ब्याटिङ गर्दै नारायणीले २५ रन बनाएको थियो । नारायणीका करण केसीले सोमपाल कामीको ओभरमा ४ छक्का प्रहार गरे ।

Advertisement

जवाफमा बागमतीले २० रन मात्र बनाउन सक्यो । नारयणीका करण नै बलिङमा आएका थिए । कप्तान ज्ञानेन्द्र मल्ले ३ छक्का प्रहार गरेपनि बागमतीले २० रन मात्र बनाउन सक्यो ।

त्यसअघि लक्ष्य पछ्याउने क्रममा अन्तिम ओभरमा नारायणीलाई जितको लागि १० रन चाहिएको थियो । राशिद खानले पहिलो बल सिद्धान्त लोहनीलाई एक रन दिए । दोस्रो बलमा किशोर महतो बोल्ड आउट हुन पुगे । तेस्रो बलमा सुशन भारी रन आउट हुन पुगेका थिए । चौथो बलमा सिद्धान्तले २ र पाँचौ बलमा चौका प्रहार गरेपछि खेल रोमान्चक बनेको थियो । अन्तिम बलमा जितको लागि तीन रन चाहिएको थियो । जसक्रममा सिद्धान्त तेस्रो रन लिनेक्रममा रन आउट भएपछि खेल सुपर ओभरमा पुगेको थियो । सिद्धान्त १५ बलमा २ चौका सहित २० रनमा रन आउट भए ।

नारायणीका युवा ब्याट्सम्यान आरिफ शेखले ४५ बलमा १ चौका र ४ छक्का सहित ४४ रनको योगदान दिए । तीव्र गतिका बलर सोमपाल कामीले तेस्रो ओभरको पाँचौ बलमा ओपनर रित गौतमलाई ५ रनमा बोल्ड गर्दै पहिलो सफलता दिलाएका थिए । स्पिनर पवन सरार्फको चौथो ओभरको चौथो बलमा ठूलो सट खेलेका कप्तान सुवास खकुरेल ११ रनमा लङअङमा ललित नारायण राजवंशीबाट क्याच आउट हुन पुगे ।

नवौं ओभरको तेस्रो बलमा विक्रम सोबले ईशान पान्डेलाई १३ रनमा एलबिडब्लू आउट गरे । सन्दीप जोरा २ र करण केसी ९ रनमा स्टम्पिङ आउट भएका थिए । किशोर महतो ६ रनमा बोल्ड आउट भए । ललित नारायण राजवंशीले ४ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । सागर ढकालले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १ मेडन सहित २७ रन खर्चेर २ विकेट लिए । विक्रम सोब र पवन सरार्फको नाममा एक एक विकेट रह्यो ।

त्यसअघि भरतपुरको चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा जनस्तरमा निर्माण भइरहेको गौतम बुद्ध क्रिकेट रंगशाला नमुना मैदानमा टस हारेर ब्याटिङ थालेको बागमती २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन बनाएको थियो ।

एक समय ११.२ ओभरमा ५०–७ को अवस्थामा रहेको बागमतीलाई तीव्र गतिका बलर राशिद खान र विक्रम सोबले आठौं विकेटका लागि ५९ रनको महत्वपूर्ण साझेदारी गर्दै एक सय रनको योगफल कटाएका थिए । राशिद २२ बलमा १ चौका र २ छक्का सहित २७ रनमा क्याच आउट भए । विक्रम ३१ बलमा २ चौका र ३ छक्का सहित ३७ रनमा अविजित रहे ।

बागमतीका ओपनर सुनिल धमलाले ३२ बलमा २ चौका र ३ छक्का सहित ३७ योगदान दिए । बागमतीका ७ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

युवा तीव्र गतिका बलर किशोर महतोले दोस्रो ओभरको तेस्रो बलमा कप्तान ज्ञानेन्द्र मल्ललाई सुशन भारीबाट ५ रनमा क्याच गराउँदै टोलीलाई पहिलो सफलता दिलाए । तेस्रो ओभरको अन्तिम बलमा रोहित कुमार पौडेललाई करण केसीले महतोबाट एक रनमा क्याच गराए ।

लगत्तै चौथो ओभरको पहिलो बलमा अनिल कुमार शाहलाई सुशन भारीले शून्यमा एलबिडब्लू आउट गरे । दीपेश श्रेष्ठले पाँचौ ओभरको तेस्रो बलमा पवन सरार्फलाई १ रनमा महतोबाट क्याच गराउँदा बागमती १३–४ को कमजोर अवस्थामा पुगेको थियो ।

पाँचौ विकेटका लागि धमला र प्रदीपले २८ रनको साझेदारी गर्दै इनिङ सम्हाल्न खोजेका थिए । तर स्पिनर साहब आलमले दशौं ओभरको पाँचौ बलमा प्रदीपलाई ४ रनमा कप्तान सुवास खकुरेलबाट क्याच गराए । लगत्तै अर्को बलमा सोमपाल कामी शून्यमा क्याच आउट हुन पुग्दा बागमती ४१–६ को अवस्थामा पुगेको थियो ।

एकपछि अर्को लगातार विकेट गुम्दा दबाब कम गर्न १२ औं ओभरको दोस्रो बलमा साहब आलमलाई ठूलो सट खेलेका धमला सन्दीप जोराबाट क्याच आउट भएपछि बागमतीको मध्यम योगफलको सम्भावना टाढिएको थियो ।

नारायणीका स्पिनर साहब आलमले ४ ओभरमा १ मेडन सहित २३ रन खर्चेर ३ विकेट लिए । करण केसीले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए । सुशन भारीले ४ ओभरमा १ मेडन सहित १० रन खर्चेर १ विकेट लिए । किशोर महतोको नाममा एक विकेट रह्यो । दीपेश श्रेष्ठले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए ।

दोस्रो खेलमा बागमतीले राप्तीसँग आइतबार खेल्ने छ । नारायणीले सोमबार राप्तीसँग दोस्रो खेल खेल्ने छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top