देउवा आज बस्ने संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने

२८ मंसिर, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज आइतबार बस्ने भनिएको संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान ९ बजेलाई परिषद्को बैठक बोलाएका छन् । तर, शनिबार नै देउवाले आइतबारको बैठकमा उपस्थित हुन नसक्ने जानकारी प्रधानमन्त्रीलाई गराएको एक स्रोतले बतायो ।

संवैधानिक परिषद्को बैठकमा प्रमुख विपक्षी दलको नेता अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान छ । अहिलेसम्म बैठक स्थगित भएको सूचना भने जारी नगरिएको स्रोतले बतायो ।

Advertisement

परिषद्को बैठक बोलाए लगत्तै शुक्रबार प्रधानमन्त्री ओली र विपक्षी दलका नेता देउवाबीच भेटवार्ता पनि भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोग लगायत विभिन्न संवैधानिक निकायमा गरी ४० भन्दा बढी पद रिक्त छन् । नियुक्तिको विषयमा छलफल भएपनि प्रधानमन्त्री र देउवाबीच सहमति जुट्न भने सकेको छैन ।

अर्कोतर्फ मंसिर २९ मा कांग्रेसले सरकारविरूद्ध देशव्यापी प्रदर्शन गर्दैछ। प्रदर्शनको एक दिन अघि प्रधानमन्त्रीले परिषद्को बैठक बोलाएपछि त्यसलाई कांग्रेस नेताहरुले शंकाको दृष्टिले हेरेका छन् । शनिबार नै कांग्रेसको केन्द्रीय समितिको आकस्मिक बैठक बसेको थियो ।

Advertisement

संविधानको धारा २८४ मा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाको उपसभामुख सदस्य रहेको संवैधानिक परिषद् रहने व्यवस्था छ । हाल उपसभामुखको पद रिक्त छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top