गौतम बुद्ध क्रिकेट कपमा आज वाग्मती र राप्ती टिम भिड्दै

गौतम बुद्ध क्रिकेट कपमा आज वाग्मती र राप्ती टिम भिड्दै

२८ मंसिर, चितवन । गौतम बुद्ध क्रिकेट कप प्रतियोगिता अन्तर्गत आज वाग्मती र राप्ती टिम खेल्दै छन् ।

खेल भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुने छ । हिजो भएको पहिलो खेलमा वाग्मती टिम नारायणीसंँग सुपर ओभरमा पराजित भएको थियो ।

प्रतियोगितामा राप्तीको यो पहिलो खेल हो। वाग्मती आज जित निकाल्दै फाइनल प्रवेशको लागि आफ्नो सम्भावना कायम राख्न चाहन्छ ।

फाइनल पुग्न वाग्मतीलाई आजको खेल जित्नै पर्ने दबाब रहेको छ । राप्ती एक खेल अगावै फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रने छ । राप्ती बिनोद भण्डारीको कप्तानीमा रहेको छ भने वाग्मतीको नेतृत्व ज्ञानेन्द्र मल्लले गर्नेछन् ।

सिंगल राउण्ड रोबिनका आधारमा सञ्चालन हुने प्रतियोगितामा तीन टिम सहभागी छन् ।

शीर्ष दुई स्थानको टिमले मंसिर ३० गते फाइनल खेल खेल्नेछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.