×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

नाइजेरियाको एक बिद्यालयमा बन्दुकधारी समुहद्वारा आक्रमण, सयौं बिद्यार्थीहरु बेपत्ता

२८ मंसिर २०७७

२८ मंसिर, एजेन्सी । नाइजेरियाको एक बिद्यालयमा बन्दुकधारी समुहले आक्रमण गर्दा सयौं बिद्यार्थीहरु बेपत्ता भएका छन् ।

नाइजेरियाको कत्सिना राज्यमा रहेको सरकारी बिद्यालयमा पठनपाठनको समयमा मोटरसाइकलमा सवार बन्दुकधारीहरु प्रवेश गरेपछी बिद्यार्थीहरुबीच भागदौड मच्चिएको थियो ।

Advertisement
Advertisement

आक्रमण लगत्तै जवाफी कारबाहीमा उत्रेको बिद्यालयको सुरक्षार्थ खटिएका सुरक्षागार्ड र नाइजेरियाली सेनाले स्थिती नियन्त्रणमा लिएको बुझिएको छ ।

बिज्ञान बिषयको पढाई हुने सो बिद्यालयका बिद्यार्थी अपहरणको शैलीमा ती बन्दुकधारीहरु हवाई फायर गर्दै बिद्यालयभित्र प्रवेश गरेको बताईएको छ ।

घटनाको समयमा सो बिद्यालयमा ८ सय भन्दा बढी बिद्यार्थीहरु अध्ययनरत रहेकोमा केहीले भागेर ज्यान जोगाएका छन् भने केही हराइरहेका छन् ।

घटनामा कोही बिद्यार्थी पनि घाइते नभएको यद्दपी केही सुरक्षाकर्मीहरु भने घाइते भएका छन् ।

यसैबीच नाइजेरियाका राष्ट्रपति मोहमद बुहारीले घटनाको निन्दा गर्दै हराइरहेका बिद्यार्थीहरुको खोजी कार्य तीब्र पार्न सम्बन्धित निकायहरुलाई निर्देशन दिनुभएको छ ।

घटना लगत्तै नाइजेरियाली सेनाले बन्दुकधारीहरुको अखडा पहिचान गरी लुकाइराखेको हतियारहरु बरामद गरेको छ ।

नाइजेरियाको कात्सिना राज्य राष्ट्रपतिको गृहराज्य भएको र उहाँ गृहजिल्लामै रहेको बेला उक्त घटना भएको हो । घटनाको जिम्मेवारी कसैले लिएको छैन ।

Advertisement
Advertisement

यसअघि सन् २०१४ मा उत्तर पुर्वी नाइजेरियाको चिबोकको एक बिद्यालयबाट बिद्रोही समुह बोको हरामले २ सय ७० महिला बद्यार्थीहरुको अपहरण गरेको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top