NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
Next
Prev

समाचार

महामारीले पारेको प्रभावबाट पुनरुत्थानका लागि नेपाललाई साढे ९ खर्ब चाहिने

आइतवार मंसिर २८ , २०७७
Reading Time: 1 min read
A A
महामारीले पारेको प्रभावबाट पुनरुत्थानका लागि नेपाललाई साढे ९ खर्ब चाहिने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२८ मंसिर, काठमाडौं । विश्वव्यापी कोभिड–१९ महामारीले पारेको प्रभावबाट पुनरुत्थानका लागि नेपाललाई साढे ९ खर्ब रुपैयाँ चाहिने देखिएको छ ।

महामारीले विभिन्न क्षेत्रमा पारेको असर न्यूनीकरण गर्दै सामाजिक तथा आर्थिक पुनरुत्थानका लागि दीर्घकालीन रूपमा ९ खर्ब २८ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने देखिएको राष्ट्रिय योजना आयोगले गरेको एक अध्ययनले देखाएको छ ।

अध्ययनले आर्थिक तथा सामाजिक पुनरुत्थानका लागि पाँच वर्षमा साढे ९ खर्ब रुपैयाँ लगानी गर्नुपर्ने देखाएको हो । आयोगले कोभिडको असर र त्यसको न्यूनीकरण एवं पुनरुत्थानका विषयमा एक अध्ययन प्रतिवेदन तयार पारेको छ । तर, उक्त प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक गरिएको छैन ।

Advertisement

कोभिड–१९ को महामारीको प्रभावबाट जनधनको सुरक्षा गर्न तथा आर्थिक तथा सामाजिक पुनरुत्थानका लागि पहिलो वर्षसम्म १ खर्ब १० अर्ब रुपैयाँ लगानी गर्नुपर्ने अध्ययनले देखाएको हो । जसलाई अल्पकालीन लागत भनिएको छ ।

त्यस्तै, पुनरुत्थानका लागि मध्यकालीन लागत २ खर्ब १८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ, जुन २ देखि ३ वर्षसम्म गर्नुपर्ने हुन्छ । दीर्घकालीन पुनरुत्थानका लागि ३ देखि ५ वर्षको अवधिमा ५ खर्ब ५० अर्ब रुपैयाँ लगानी गर्नुपर्ने आयोगको अनुमान छ ।

अध्ययनले उत्पादकको मूल्यमा आधारित कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा १ खर्ब ९८ अर्ब १९ करोड रुपैयाँबराबरको क्षति पुग्ने तथा प्रतिव्यक्ति आयमा १८ डलरको गिरावट आउने देखाएको छ ।

प्रतिवेदनले तत्कालीन परिदृश्यमा चालू आर्थिक वर्षमा ५.४ प्रतिशतको आर्थिक वृद्धि हुने देखाएको छ । सुधारको परिदृश्यमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने र झन् खराब हुने अवस्थामा ३.५ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने देखाएको छ ।

२५ चैत ०७६ मा ‘कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’को १८औँ बैठकले राष्ट्रिय योजना आयोगलाई कोभिड–१९ को संक्रमणबाट मुलुकको आर्थिक क्षेत्रमा परेको प्रभाव अध्ययन गरी सुधारका लागि सुझाबसहितको प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिने निर्णय गरेको थियो ।

सोहीअनुसार आयोगले कोभिड–१९ ले मुलुकको अर्थतन्त्रले पारेको प्रभाव र हरेक क्षेत्रमा राहत र पुनरुत्थानका लागि चाल्नुपर्ने कदमबारे सुझाबसहितको प्रतिवेदन तयार गरेको हो ।

यद्यपि, महामारीको सुरुवातकै वेलाको अवस्थालाई मूल्यांकन तथा विश्लेषण गर्दै अध्ययन गरिएकाले अहिले उक्त प्रतिवेदन सार्वजनिक नगरिएको आयोगका उपाध्यक्ष प्रा.डा. पुष्प कँडेलले बताए ।

अहिले फेरि थप अध्ययन भइरहेको उनले जानकारी दिए । ‘कोरोनाको कहर अझै कति र कहिलेसम्म हुने निश्चित छैन, त्यसैले आयोगले यसअघि गरेको अध्ययनको मूल्यांकन तथा विश्लेषण सान्दर्भिक नहुन पनि सक्छ,’ उनले भने, ‘हामीले गरेको अध्ययनका तथ्यांकहरू पनि केही घटबढ हुन सक्छन्, अहिले त्यसलाई अपडेट गर्ने कामहरू भइरहेको छ ।’

आयोगले लकडाउन सुरु भएको समयदेखि चार महिनाको अवधिलाई आधार बनाएर अध्ययन प्रतिवेदन तयार पारेको हो । अध्ययन प्रतिवेदनले कोरोना महामारीबाट नेपालको सामाजिक तथा आर्थिक क्षेत्रमा परेको असर र त्यसको न्यूनीकरण तथा पुनरुत्थानका लागि चाल्नुपर्ने कदम सुझाएको छ ।

प्रतिवेदनले चार महिनासम्म परेको असर, महामारीको अवस्था निरन्तर रहेमा पर्न सक्ने असर, महामारीको अवस्था त्योभन्दा बढी भएमा पर्न सक्ने असर आकलन गर्दै त्यसको न्यूनीकरण एवं त्यसबाट हुने पुनरुत्थान, असर न्यूनीकरणका तथा पुनरुत्थानका लागि गर्नुपर्ने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लगानीको अनुमान गरेको हो ।

कोभिडका कारण सिर्जित खर्च जुटाउन आन्तरिक स्रोत, वैदेशिक ऋण तथा अनुदानलगायत अन्य विकास साझेदारहरूको समग्र स्रोत परिचालन गर्न आवश्यक रहेको आयोगको अध्ययनले देखाएको छ ।

हरित पुनरुत्थान प्याकेजलाई साढे आठ खर्ब चाहिने
कोभिड–१९ पछिको नेपालको हरित पुनरुत्थानको प्याकेजलाई साढे ८ खर्ब रुपैयाँ लगानी चाहिने विकास साझेदारहरूले अनुमान गरेका छन् ।

विकास साझेदार गैरसरकारी तथा सरकारी संस्था एवं मुलुकले संयुक्त वक्तव्य जारी गर्दै नेपालमा कोभिडबाट परेको असर न्यूनीकरण तथा त्यसको हरित पुनरुत्थानका लागि करिब ७ अर्ब ४० करोड अमेरिकी डलर अर्थात् ८ खर्ब ६९ अर्ब ९४ करोड रुपैयाँबराबरको लगानी हुने अनुमान गर्दै त्यसमा सघाउने जनाएका छन् ।

उक्त लगानीका लागि अनुदान तथा ऋण सहायता दिन विकास साझेदारहरू तयार भएका हुन् । यस प्याकेजअन्तर्गत प्रत्यक्ष स्वास्थ्य हेरचाह, भ्याक्सिनको पहुँच, जीविकोपार्जनमा सहयोग, जीवनरक्षा, रोजगारीको सुरक्षा तथा आर्थिक वृद्धि, दिगो विकास वृद्धिका लागि प्रकृतिमा आधारित समाधान, भविष्यमा आउन सक्ने महामारीविरुद्धको तयारी, निजी क्षेत्रका लागि स्टिमुलस प्याकेजलगायत रहेका छन् ।

यसरी कोभिडको असर न्यूनीकरण तथा हरित पुनरुत्थानमा नेपाललाई सहयोग गर्न विश्व बैंक, एसियाली विकास बैंक, युरोपेली संघ, फिनल्यान्ड, जर्मनी, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, जापान अन्तर्राष्ट्रिय सहयोग संस्था, कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्था, नर्वे, बेलायत, संयुक्त राष्ट्रसंघ र युएसएडले संयुक्त रूपमा प्रतिबद्धता गरेका हन् । (नयाँ पत्रिका)

लोकप्रीय

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

विचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

थप समाचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति
मनोरन्जन

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.