माओवादी र नक्सलको बलमा किसान आन्दोलन भएको होः भारतीय रेलमन्त्री

२७ मंसिर ७७, आइतबार

२८ मंसिर, एजेन्सी ।
भारतमा जारी किसान आन्दोलनका पछाडी माओवादी र नक्सलको समर्थनको रहेको भारतका एक मन्त्रीले बताएका छन् ।

रेलमन्त्री पीयूष गोयलले सो कुरा बताएका हुन् । समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै मन्त्री गोयलले भनेका छन्, ‘माओवादी र नक्सलको बलमा किसानहरुको आन्दोलन भइरहेको छ । सायद किसानहरुको हातमा यो आन्दोलन छैन ।’

माओवादी र नक्सलवादीको बलबाट किसान आन्दोलन मुक्त भएपछि सरकारले उनीहरुका कुरा सुन्ने मन्त्री गोयलले बताएका छन् । सरकारले अहिले ल्याएको किसानसँग सम्बन्धित कानुन किसानहरुकै हितमा रहेको दाबीसमेत उनले गरेका छन् ।

Advertisement

उनले भनेका छन्, ‘हामीलाई किसानहरुप्रति भरोसा छ, उनीहरु शान्तिप्रिय छन् र हाम्रो अन्नदाता हुन् । हामी उनीहरुको इज्जत गर्छौं र हामीलाई विश्वास छ उनीहरुले माओवादी र नक्सलहरुबाट देशलाई प्रभावित हुन दिने छैनन् ।’
भारत सरकारले ल्याएको नयाँ कानुनको विरोधमा उत्तरप्रदेश र उत्तराखण्डका किसानहरुले दुई हप्तादेखि राजधानी दिल्ली नजिक गाजीपुर सीमामा प्रदर्शन गर्दै आएका छन् ।

भारतीय किसान युनियनका नेता राकेश टिकैतले सरकारले यदि आफूहरुका कुरा नसुनेमा २६ जनवरीमा हुने गणतन्त्र दिवसको परेडमा किसानहरु ट्याक्टर र्‍यालीसहित पुग्ने चेतावनी दिएका छन् ।

Advertisement

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top