१७ शिक्षकलाई कोरोना देखिएपछि सुर्खेतका विद्यालय बन्द

२७ मंसिर ७७, आइतबार

२८ मंसिर, सुर्खेत ।

प्रत्यक्ष सिकाइ सहजीकरण निर्देशिकाले तोके बमोजिम स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कक्षा सञ्चालन गर्न सुर्खेतका स्थानीयपालिकाले अनुमति दिएपछि यहाँ विद्यालयहरु खुलेका थिए ।

तिहारपछि धेरैजसो विद्यालयहरुले पठनपाठन शुरु गरे । तर पछिल्लो समय शिक्षकहरुमा कोरोना भाइरसको संक्रमण देखिपछि भने विद्यालय बन्द भएका छन् । गुर्भाकोट नगरपालिकाका विद्यालयहरुमा मंसिर पहिलो साताबाट पठनपाठन सुरु भएको थियो ।

तर, शिक्षकहरुमा संक्रमण देखिन थालेपछि विद्यालय बन्द गरिएको नगर शिक्षा प्रमुख पदम विकले बताए । ‘शिक्षकहरु संक्रमित भएका विद्यालयहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेका छौं,’ नगर शिक्षा प्रमुख विकले भने, ‘संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरेर रिर्पोट अनुसार खोल्ने–नखोल्ने पछि निर्णय लिन्छौं ।’

पञ्चपुरी नगरपालिकले पनि संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र स्क्रिनिङ गरी स्थिति सामान्य अवस्थामा ल्याउन एकसाता शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । स्वाब संकलन गरिएका व्यक्तिहरुको रिपोर्ट नआउँदासम्म अनिवार्य रुपमा आइसोलेसनमा बस्न आग्रह गरेको शिक्षा शाखा प्रमुख तुल्सी केसीले बताइन् ।

आइतबार एउटै विद्यालयका ११ सहित १७ जना शिक्षकमा कोरोना भाइरस संक्रमण देखिएपछि अहिले भने विद्यार्थी, अभिभावक, शिक्षक सबै डराएका छन् । कर्णाली प्रदेश अस्पताल–पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ जना शिक्षकमा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएपछि उनीहरु सबै होम आशोलेनमा रहेका छन् ।  पञ्चपुरी नगरपालिकाको सुर्यप्रकाश माद्यामिक विद्यालय, पलैटेका ११ जना शिक्षकमा संक्रमण देखिएको नगर स्वास्थ्य शाखा प्रमुख गंगादेव पुरीले बताए । विद्याज्योती माद्यामिक विद्यालय बाबियाचौरका दुईजना शिक्षकलाई पनि संक्रमण देखिएको छ ।

नगर स्वास्थ्यशाखा प्रमुख पुरीका अनुसार दुई विद्यालयका ३९ जना शिक्षकको पीसीआर परिक्षण गर्दा १३ जना शिक्षकको रिर्पोट पोजेटिभ आएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि शिक्षकहरुको पीसीआर परिक्षण गरिएको थियो ।

सुर्खेतकै गुर्भाकोट नगरपालिकाको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका दुईजना र जनसेवा आधारभुत विद्यालयका एकजना शिक्षकमा पनि कोरोना संक्रमण देखिएको छ । नगर शिक्षा प्रमुख पदम विकका अनुसार शिक्षकहरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब संकलन गरिएको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top