ब्रेक्जिटपछिको व्यापार सम्झौतामाथि वार्ता जारी राख्न युरोपेली संघ र बेलायतबीच सहमत

२९ मंसिर, काठमाडौं । ब्रेक्जिटपछिको व्यापार सम्झौतामाथि वार्ता जारी राख्न युरोपेली संघ र बेलायतबीच सहमति भएको छ ।

डिसेम्बर ३१ सम्म सम्झौता हुन नसकेमा विश्व व्यापार संगठनका नियमहरू मान्नुपर्नेछ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली संघकी अध्यक्ष उर्जुला फोन डेर लायनले अघि बढ्नका लागि जिम्मेवार हुन जरूरी रहेको बताउनुभएको छ । दुवै जनाबीच सुल्झिन बाँकी केही मुद्दामा पनि कुराकानी भएको बीबीसीले जनाएको छ ।

जोनसन र फोन डेर लायनले यी विषय सुल्झाउनका लागि थप वार्ता गर्ने कि नगर्ने भनेर हिजोसम्मको समय तोकिएको थियो । यद्यपि बेलायतका विदेशमन्त्री डोमिनिक राबले वार्ता जारी रहने सम्भावना निकै कम रहेको बताएका थिए ।

Advertisement

बेलायत र युरोपेली संघबीच ब्रेक्जिटपछिको व्यापार सम्झौतालाई लिएर गएको मार्च महिनादेखि वार्ता भइरहेको छ र सङ्क्रमणकालीन समय डिसेम्बरको अन्त्यमा सकिनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top