मिल मालिक र सरकारको मिलेमतोको शिकार भए उखु किसानः रामचन्द्र पौडेल

२८ मंसिर ७७, सोमबार

२९ मंसिर, विराटनगर ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उखु किसानका माग सरकारले पूरा गर्नुपर्ने बताएका छन्।

Advertisement

नेता पौडेलले उखु किसान आफ्नो पसिनाको मोल नपाएर गुहार माग्न राजधानी आएकोले माग पूरा गरिदिन आग्रहसमेत गरेका हुन्। पौडेलले सोमबार बिहान ट्वीट गर्दै मिल मालिक र सरकारमा रहेकाहरूको मिलेमतो र लापरवाहीको शिकार किसानहरू परेको पनि आरोप लगाएका छन्।

‘नेपाली उखु किसान आफ्नो पसिनाको मोल नपाएर गुहार माग्न राजधानी आएका छन्। मिल मालिक र सरकारमा रहेकाहरुको मिलिभगत र लापरवाहीको शिकार बनेका किसानहरु प्रति पूर्ण सहानुभूति र एकवद्धता प्रकट गर्दै उनको माग यथाशीघ्र पूरा गरेर राहत दिलाउन जोडदार आवहान गर्दछु,’ पौडेलले भनेका छन्।

Advertisement

बक्यौता नपाएपछि उखु किसानले काठमाडौंमा प्रदर्शन गरिरहेका छन्। उनीहरूले विभिन्न माग राखेर माइतीघर मण्डलमा आइतबार प्रदर्शन गरेका थिए। उनीहरूले आज पनि प्रदर्शन गर्न लागेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top