राँके–रवि–भेडेटार सडक निर्माण कार्यलाई गति दिन तत्कालै उपयुक्त निर्णय लिइने

२८ मंसिर ७७, सोमबार

२९ मंसिर, पाँचथर ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले राँके–रवि–भेडेटार सडक निर्माण कार्यलाई गति दिन तत्कालै उपयुक्त निर्णय लिइने बताएका छन्।

निर्माण कार्यमा उल्लेख्य प्रगति नभएपछि आइतबार स्थलगत निरीक्षणमा आएका मन्त्री नेम्बाङले सडक निर्माणको कार्य अब अहिलेकै अवस्थामा रहन नसक्ने बताए।

भारत सरकारको सहयोगमा निर्माणाधीन यो सडकको हालसम्म भौतिक प्रगति ४३ प्रतिशत हुनुपर्नेमा हालसम्म करीब १२ प्रतिशत मात्रै प्रगति देखिएपछि मन्त्री नेम्बाङले चाँडै उपयुक्त निर्णय लिइने बताएका हुन्।

‘परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग कुरा भइसकेकाले अब ठेक्का तोड्ने वा निश्चित समयमै ठोस प्रगति गर्न लगाउने विकल्प मात्रै बाँकी छन्,’ स्थलगत निरीक्षणपछि पाँचथर–धनकुटा सीमावर्ती छनम्बर बुधबारे बजारमा आयोजित अन्तरक्रियामा मन्त्री नेम्बाङले भने, ‘जे गर्दा यो सडक निर्माण चाँडो पूरा हुन्छ, मन्त्रालयले सोहीअनुसारको निर्णय लिन्छ।’

उक्त सडक निर्माणको ठेक्का पाएको भारतीय कम्पनी एप्कोका प्रतिनिधिको कुरा सुनेपछि मन्त्री नेम्बाङले निर्माण कम्पनीबाट समस्या सिर्जना गर्ने र दोषारोपण गर्ने काम भएको बताए।

उनले स्थानीयवासीको सुझावका आधारमा निर्णय लिई सडक निर्माणलाई गति दिने दृढता व्यक्त गरे। ‘अहिलेकै गतिले यो सडक समयमा निर्माण पूरा भई जनताले सेवा लिन पाउने अवस्था बन्दैन, यही मन्त्रालयको निष्कर्ष हो,’ मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले समस्या सिर्जना गर्ने तर समाधान गरेर निर्माण कार्यलाई द्रूत पार्न नचाहने प्रवृत्तिले समस्या ल्याएको बताए।

भारत सरकारको सहयोगमा निर्माणाधीन यो सडक निर्माण कार्यमा उल्लेख्य प्रगति हुन नसकेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री र सचिवको टोलीले स्थलगत निरीक्षण गरेको हो। मेची र कोशी राजमार्ग जोड्ने यो सडकको २०७५ पुस २० गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए।

१०१ किलोमिटर लामो यो सडक निर्माणको हालसम्म ४३ प्रतिशत भौतिक प्रगति हुनुपर्नेमा करिब १२ प्रतिशत प्रगति देखिएपछि मन्त्रालयको टोली स्थलगत निरीक्षणमा आएको हो।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री नेम्बाङ, मन्त्रालयका सचिव श्रेष्ठ, सडक विभागका महानिर्देशक केशवकुमार शर्मालगायतको टोलीले आइतबार यो सडकको चिसापानी पञ्चमीदेखि भेडेटारसम्म निर्माण अवस्थाको निरीक्षण गरेको छ। सरकारले विशेष चासोमा राख्दाराख्दै पनि निर्माण कार्यमा प्रगति नदेखिएपछि आगामी योजना तय गर्न मन्त्रालयको टोलीले स्थलगत निरीक्षण गरेको हो।

टोलीले निर्माणको अवस्थाबारे स्थानीय जनप्रतिनिधि, स्थानीयवासी, निर्माण कम्पनी तथा राँके–रवि–भेडेटार सडक आयोजना कार्यालयसँग अन्तक्र्रिया गरेको हो। मन्त्री नेम्बाङले चिसापानी पञ्चमी, कन्याटार, छनम्बर बुधबारे, राजारानी र भेडेटारमा स्थानीयवासीसँग सडक निर्माणमा भएको ढिलासुस्तीबारे प्रत्यक्ष जानकारी लिएका थिए।

यस्तै, राँके–रवि–भेडेटार सडक आयोजना कार्यालयको आयोजनामा पाँचथर–धनकुटा सीमावर्ती छनम्बर बुधबारेमा सर्वपक्षीय अन्तरक्रियासमेत सम्पन्न भएको छ। अन्तरकियामा सहभागी जनप्रतिनिधि तथा स्थानीयवासीले ठेक्का तोडेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा धनकुटाको चौबीसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई, पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङ, मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष उर्मिला राईलगायतले निर्माण व्यवसायी गैरजिम्मेवार हुँदा समयमा निर्माण सम्पन्न नहुने अवस्था आएको बताइन् ।

यस आयोजनाका लागि भारतको आयात–निर्यात (एक्जिम) बैंकको ऋण सहयोगमा अमेरिकी डलर तीन करोड २६ लाख १८ हजार ५४१ मा ठेक्का सम्झौता भएको छ । यति लामो सडकखण्डमा केही ठाउँमा कल्भर्ट निर्माण गर्नुपर्ने भए पनि सडक पुल भने कहीँ पनि निर्माण गर्नु नपर्ने आयोजना प्रमुख अभिमनदास मुल्मीले जानकारी दिए।(रासस)

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top