लियोनसँग पीएसजीको हार, नेइमार चोटग्रस्त

२८ मंसिर ७७, सोमबार

२९ मंसिर, एजेन्सी ।
फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा पिएसजी लियोनसँग १–० ले पराजित भयो ।

Advertisement

भ्रमण टोली लियोनको जितमा ३५ औँ मिनेटमा काडेवेरले गरेको गोल नै निर्णायक बन्यो । इन्जुरी समयको नवौँ अर्थात ९९ औँ मिनेटमा मेन्डेस रिबेइरो सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि लियोन १० खेलाडीमा सीमित भयो ।

मेन्डेसको खराब च्यालेन्जका कारण पिएसजीका नेइमार गम्भीर चोटग्रस्त भएका हुन् । मेन्डेसको खराब च्यालेन्जका कारण चोटग्रस्त भएका नेइमार मैदानमा लडेर पीडामा चिच्याएका थिए ।

Advertisement

त्यसपछि उनलाई स्ट्रेचरमा राखेर मैदान बाहिर लगियो । उनको  गोलीगाँठोमा गम्भीर चोट लागेको थियो ।

Advertisement

नेइमारको चोटको गम्भीरता थाहा पाउन परीक्षण भइरहेको पिएसजीका प्रशिक्षक थोसम टुसिलले बताएका छन् ।

पराजित भएको पिएसजी १४ खेलबाट २८ अंकसहित तेस्रो स्थानमा झरेको छ । २९ अंकसहित लियोन दोस्रो तथा लिले पहिलो स्थानमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top