जिटुजी मार्फत मल ल्याउन सम्झौताका लागि कृषि सामाग्री कम्पनी भोलि बंगलादेश जाँदै

२९ मंसिर, काठमाडौं । नेपाल सरकारले जिटुजी मार्फत बंगलादेशबाट मल ल्याउने भएको छ।

Advertisement

सम्झौताको लागि भोलिनै कृषि सामाग्री कम्पनीका प्रतिनिधि बंगलादेश जान लागेको कृषि मन्त्रालयका सचिव यागेन्द्र कार्कीले जानकारी दिका हुन् ।

उनकाअनुसार सम्झौता भएको १५ दिनपछि नेपालमा मल भित्रिन सुरू हुनेछ ।

Advertisement

सरकारले जिटुजीमार्फत ५० हजार मेट्रिक टन मल ल्याउने भएको हो। सो परिमाणको मलले आगामी असारमा धानमा टप ड्रेसिङ गर्नसम्म पुग्न सचिव कार्कीले बताए।

मन्त्रालयले आगामी दिनमा किसानलाई मलको अभाव नहुने गरी गृहकार्य गरिरहेको उनले दाबी गरे।

Advertisement

हाल कृषि सामाग्री कम्पनीसँग २२ हजार टन युरिया र ९ हजार टन पोटास मौज्दात छ । त्यसैगरी, साल्ट ट्रेडिङसँग युरिया १८ हजार र डिएपी १६ मेट्रिक टन मौज्दात रहेको मन्त्रालयले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top