×

NEPAL TIMES UPDATES

Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026

पुस १० गतेदेखि फिल्म हल खोल्ने स्वघोषणा

२९ मंसिर २०७७

२९ मंसिर, काठमाडौं । नेपाल चलचित्र संघले आगामी पुस १० गतेदेखि हल खोल्ने घोषणा गरेको छ ।

सरकारले कोरोना भाइरसको महामारी फैलिन सक्ने भन्दै गतवर्षको चैत्र ६ गतेदेखि नेपालमा सिनेमा हल बन्द गर्ने निर्णय गरेको थियो । कोरोनाका बेला गरिएको लकडाउनपछि अन्य क्षेत्र खुला गरिए पनि फिल्म क्षेत्र भने खुला गरिएको छैन । सरकारले अझै पनि फिल्म क्षेत्र खुलाउनेबारे कुनै जानकारी दिएको छैन । यसैबीच हलवालाहरुको संगठन नेपाल चलचित्र संघले सोमबार पत्रकार सम्मेलन गरी हल खोल्न लागिएको बताएको हो । यसअघि फिल्मकर्मीले पटकपटक अवस्था सामान्य भइसकेको भन्दै हल खुला गर्न सरकारलाई आग्रह गर्दै आएका थिए । तर, सरकारले भने कोरोनाको जोखिमै रहेको भन्दै हल खोल्न अनुमति दिएको थियो । चलचित्र संघका महासचिव अशोक शर्माले सरकारले हरेक पटक हल खोल्नेबारे आश्वासन दिए पनि पहल नगरेपछि बाध्य भएर एकतर्फी हल खोल्ने निर्णय गरेको बताए । यसअघि पनि हल सञ्चालकले सरकारले हल खोल्न अनुमति नदिए हलको चाँबी सरकारलाई बुझाउने चेतावनी दिएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

हल व्यवसायीहरुले फिल्म हलमा ५० प्रतिशत दर्शक राख्ने र सुरक्षाका मापदण्ड अपनाएर हल खोल्ने तयारी थालेको बताएका छन् । यसो गर्दा बिस्तारै फिल्म क्षेत्रमा चलायमान हुन निर्माता शर्माले बताए । यो निर्णयसँगै नेपाल चलचित्र संघले विज्ञप्ति जारी गर्दै विश्व स्वास्थ्य संगठनको सुरक्षा मापदण्डसमेत अपनाई चलचित्र घर सञ्चालन गर्ने जनाएको छ । साथै संघले ९ बुँदे मागसमेत राखेको छ । मागमा चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्रमा सम्बोधन हुनुपर्ने? चलचित्र घर सञ्चालन नभएको अवधिको विद्युत महसुलको डिमाण्ड चार्ज पूर्ण रुपमा मिनाहा हुनुपर्ने, मौद्रिक निति चलचत्रि क्षेत्रमा अनिवार्य रुपमा कार्यान्वयन हुनुपर्ने लगायत उल्लेख छन् । यस्तै मनोरञ्जन कर खारेज हुनुपर्ने, दुई वर्षसम्म नेपाली चलचित्रमा मूल्य अभिवृद्धि कर मिनाहा हुनुपर्ने, चलचित्र विकास शुल्क खारेज हुनुपर्ने, कर तथा शुल्कहरु वि.सं. २०७८ सम्म बुझाएमा सम्पूर्ण जरिवाना मिनाहा हुनुपर्ने र चलचित्र घरका लागि आवश्यक उपकरण तथा सामग्रीहरुमा भन्सार छुट हुनुपर्ने लगायतका माग संघले राखेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top