×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भरतपुर मालपोतका तीन अधिकृतविरुद्ध ७ करोडको भ्रष्टाचार मुद्दा

३० मंसिर २०७७

३० मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चितवन भरतपुरका लेखाका तीन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले तीन अधिकृतविरुद्ध ७ करोड रुपैयाँभन्दा धेरै रकम भ्रष्टाचार गरेको भन्दै सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

तत्कालीन लेखा अधिकृत रिठ्ठे दर्जी, मनोजकुमार निरौला र बलराम सापकोटाविरुद्ध राजस्व चुहावट एवं हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको हो ।

Advertisement

अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा मालपोत कार्यालय भरतपुरका तत्कालीन नायब सुब्बा मनोजकुमार निरौलाविरुद्ध ४ लाख ७१ हजार ६ सय ११ रुपैयाँ बिगो दाबी गदै भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

उनले मालपोतका विभिन्न फाँटबाट नगद रसिद काटेर संकलन भएको सो रकम लेखा शाखामा नबुझाई हिनामिना गरेको प्रमाणित भएपछि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

Advertisement

त्यस्तै आयोगले मालपोत कार्यालय भरतपुर चितवनमा कार्यरत लेखापाल बलराम सापकोटाले बैंकमा दाखिला गर्नुपर्ने राजस्व रकम ५८ लाख ४३ हजार ८ सय ६ रुपैयाँ ७५ पैसा हिनामिना गरेको देखिएपछि सोहीबराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top