पूर्वपत्नी विरुद्ध अदालत जाँदै मनोज गजुरेल

३० मंसिर, काठमाडौं ।
हाँस्य कलाकार मनोज गजुरेल पूर्वपत्नी मिना ढकाल विरुद्ध कानुनी उपचारको बाटो अपनाउने भएका छन्।

Advertisement

डिभोर्स भएको तीन वर्ष कट्दासमेत पूर्व पत्नीले विभिन्न माध्यमबाट गाली बेइज्जती गर्ने क्रम नरोकिएको भन्दै गजुरेलले कानुनी उपचारको बाटो अपनाउनुको विकप नरहेको टुंगोमा पुगेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

कानुनी रुपमै आ–आफ्ना बाटो लागि सकेपछी पनि अर्को पक्षबाट विभिन्न माध्यामबाट बारम्बार गाली बेइज्जती गर्ने क्रम रोकिएन। एउटा सार्वजानिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म मौन रहेँ। दुई सन्तानको जिम्मा लिएर बसेको अविभावकको नाताले चुपचाप सहेँ।

Advertisement

तर, यो गाली बेइज्जती, अनावश्यक तनावको श्रृङ्खला बढ्दै गएर मेरो परिवारसम्म असर पर्न थाल्यो, उनले लेखेका छन्, सकिएको सम्बन्धको आधारहीन आरोप र प्रत्यारोपले मेरा छोराछोरीलाई धेरै ठुलो असर गर्न थालेको महसुस हुँदैछ। मेरो चरित्रमाथि खेलवाड भएको ठान्दैछु।

अब मैले अदालतमा बुझाउन आवस्यक नठानेको मेरो डिभोर्सको कारण र प्रमाणलाई अब सार्वजानिक गर्न बाध्य हुँदै गएको ठान्दैछु। सहनुको सिमा कटेपछी कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगोमा पुगेकोछु।

Advertisement

उनले अंशसहित आमासँग बस्न गएकी छोरीसँगै आमासँग बस्न नरुचाएर डिभोर्सको ८ महिनामै घर फिर्ता आएकोसमेत बताएका छन्। साथै दुई जनाबीच कुनै लेनदेन बाँकी नरहेकोसमेत बताएका छन्।

गजुरेलले सामाजिक सन्जालमा आफूमाथी हुने अनावस्यक टीका टिप्पणी, युटुबमा छोरोछोरीको फोटोको दुरुपयोगले उनीहरुको पढाई र जीवनमा आघात परिरहेकोसमेत बताएका छन्।

म र मेरा सन्तानक फोटो, नाम र प्रसङ्ग जोडेर कसैसँग अन्तर्वार्ता लिँदै गर्दा आफ्ना सन्तानलाई सम्झनोस्, पत्रकारिताको नियमलाई याद गर्नोस्।

अनि, देशको कानुनलाई मनन गर्नोस् जसले भोलि कानुनी अप्ठेरो नपरोस्, युट्युबर तथा अनलाईनका पत्रकारहरुलाई उनले अनुरोध पनि गरेका छन्। उनले कानुनी रुपमा न्यायका लागि अगाडि बढ्न खुट्टा उचाल्न लागेकोसमेत जनाएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top