दिनभरका प्रमुख खबर

३० मंसिर ७७, मंगलबार
Share this
692shares

आजका प्रमुख खबरहरुः

Advertisement

१.(विवादमा अध्यादेश)
नेकपा भित्रको विवादका कारण संवैधानिक परिषद् बैठक अवरुद्ध बन्दै गएको बेला सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी/अब परिषद्का ३ जना बहुमत सदस्यको उपस्थितिमा निर्णय हुन सक्ने ।

२.(अध्यादेशको कम्पन)
संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेश तत्काल खारेज गर्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको माग /संविधानको मूल्य मान्यता र भावनाविपरित पार्टीमा विना छलफल नगरी अध्यादेश ल्याएको भन्दै अधिकांश नेताहरुको आपत्ति ।

Advertisement

३.(कानूनका दाउपेच)
सरकारले ल्याएको संबैधानिक परिषद् सम्बन्धी अध्यादेश कानून विपरित भएको संविधानविद्हरुको प्रतिक्रिया /अध्यादेश जारी गर्ने वित्तिकै परिषद्को बैठक बोलाउन नमिल्ने डाक्टर चन्द्रकान्त ज्ञवालीको तर्क/सभामुख, प्रधानमन्त्री र राष्ट्रपतिले एकपछि अर्को गल्ति गरेको भिमार्जुन आचार्यको प्रतिक्रिया ।

४.(रकम पनि असुलियोस्)
उखु किसानको रकम भुक्तानी नदिने चिनी उद्योगीलाई पक्राउ गर्ने सरकारको निर्णय /माइतीघर मण्डलामा आन्दोलनरत उखु किसानहरु सरकारसँग राखेका दुई बुँदे शर्त पूरा नहुन्जेल वार्तामा नबस्ने ।

Advertisement

५.(उखुमा राजनीति ?)
उखु किसानको आन्दोलनमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको पनि ऐक्यवद्धता/चुनावको बेला किसान र मजदूरलाई साथमा लिएर सरकारमा पुगेका मन्त्रीहरुले अहिले तिनै किसानहरुलाई नचिनेको विश्वप्रकाश शर्माको तर्क ।

६.(कसको कुरा पत्याउनु ?)
शंशाक कोइराला हिन्दू राष्ट्रको पक्षमा उत्रिदा हिन्दू राष्ट्र पार्टीको लाइन नभएको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको प्रस्टोक्ति /कुनै नेताले आफ्नो व्यक्तिगत धारणा दिँदैमा पार्टीको लाइन बन्न नसक्ने तर्क ।

७.(गच्छदारको हिम्मत)
बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोप लागेका नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार म्याद बुझ्न गएनन् /विशेष अदालतले नौ महिना पहिले जारी गरेको म्याद बुझ्न अस्वीकार ।

८.(प्रधानमन्त्रीको कदम)
आफूलाई असहयोग गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मागे नेकपा संसदीय दलका प्रमुख सचेतक देब गुरूङको राजीनामा /पार्टीको निर्णय भएमा मात्रै आफूले राजीनामा दिने गुरुङको जवाफ ।

९.(कम हुँदै गयो)
नेपालमा हालसम्म कोरोना संक्रमणबाट १६ सय ३० जनाको मृत्यु/आज १९ सय ९६ संक्रमित डिस्चार्ज हुँदा थपिए ९ सय ३६ नयाँ संक्रमित / देशभर ९ हजार ८ सय ८१ सक्रिय संक्रमित ।

१०.(विमितलाई लाभ)
कोरोना बीमा गरेका करिब ११ हजारभन्दा धेरै संक्रमितले लिए एक अर्ब बढी भुक्तानी /थोरै ढिला भए पनि सबै बिमितहरुले बीमा गरेअनुसारको रकम पाउने विमक संघको भनाई ।

११.(निर्देशन सुनियोस्)
संघीय संसद भवनको निर्माण निर्धारित समय भित्रै सम्पन्न गर्न कार्ययोजना बनाई कार्यान्वयन गर्न विकास तथा प्रविधि समितिको सरकारलाई निर्देशन /भौगोलिक जोखिममा रहेका वस्तीहरुलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह ।

१२.(दर्शन गर्ने बाटो)
हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा क्षमा पूजा सम्पन्न/भोली बुधबारदेखि सर्वसाधारणका लागि मन्दिर खोलिने/ मन्दिरभित्र विषेश पूजा र भजनकिर्तन नहुने ।

१३.(उत्तरी ढोका)
चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी हिल्साबाट खाद्यान्नसहित दैनिक उपभोग्यवस्तु ढुवानी सुरु / कोभिड–१९ का कारण रोकिएको नेपाल–चीन संयुक्त सैन्य अभ्यासको तयारी सुरु ।

१४.(के आयो फेरि ?)
बेलायतको केही भागमा तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको एक नयाँ प्रकारको पहिचान/नयाँ प्रकारको संक्रमण अझ फैलिन सक्ने तथा खोपले पनि यसमा काम नगर्ने हुन सक्ने विज्ञ आँकलन ।

र,

१५.(आजको आँकडा)
विश्वमा हालसम्म कोरोनाबाट १६ लाख ३० हजार बढीको मृत्यु /७ करोड ३२ लाख बढीमा संक्रमण पुष्टि हुँदा ५ करोड १४ लाख बढी उपचारपछि निको भए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top