×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पूर्वराजाको सन्देशः मलाई दलहरूले राजा बनाएको होइन र जनताले हटाएको पनि होइन !

१ पुष, काठमाडौं । ‘मलाई दलहरूले राजा बनाएको होइन र जनताले हटाएको पनि होइन ।’ निर्मल निवासमा पूर्व राजा ज्ञानेन्द्रको यस्तो भनाई सुनेर फर्किएकाहरु अचेल हौसिँदै आगामी चैतसम्म केही राजनीतिक परिवर्तन हुने उत्साहका साथ जुलुसमा जुट्न थालेका छन् ।

राप्रपाको राजनीतिमा त्यति धेरै सक्रिय नभएपनि राजतन्त्र पुनस्र्थापनामा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल समशेर राणालगायतका व्यक्तिहरू खुलेर अघि बढेका पाइन्छन् ।

Advertisement
Advertisement

गत शुक्रबार धवल समशेरहरूसँगको भेटमा ज्ञानेन्द्रद्वारा आफूलाई दलहरूले राजा नबनाएको धारणाप्रति भने नेताहरूले कडा प्रतिक्रिया जनाएका छन् । उनीहरूका अनुसार दुई दशकअघि दरबार हत्याकाण्डपछिको राजसभा बैठकमा तत्कालीन एमाले र नेपाली काँग्रेसले सदाशयतासाथ ज्ञानेन्द्रलाई नयाँ राजामा समर्थन गरेका थिए ।

त्यतिबेला प्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला र एमाले महासचिव तथा विपक्षी दलका नेता माधवकुमार नेपालसमेतको उपस्थितिमा ज्ञानेन्द्रलाई राजा वीरेन्द्रको उत्तराधिकारी छनौट गर्ने प्रस्तावमा समर्थन जनाइएको थियो ।

राजसभामा कांग्रेसबाट सभामुख बनेका तारानाथ रानाभाटसमेतको सहभागिता थियो । त्यतिबेला दलहरूले सहमति नजनाएको भए उनी राजा हुनै नसक्ने विगततर्फ अलिकति ध्यान दिन दलहरूले पूर्व राजालाई सुझाएका छन् ।

दलका नेताहरू भन्छन् ‘४ वर्षअघि यौटा परिस्थितिमा दलहरूले राजा बनाएका थिए, जनताको चाहना र भावना यही हो भन्दै उनैद्वारा पुनस्र्थापित प्रतिनिधिसभाको बलमा फेरि दलहरूले राजाबाट हटाइदिए ।’

कसैले पनि जनसमर्थनको दुहाइ दिन नमिल्ने तीतो वास्तविकता के हो भने जनताको चाहनाबमोजिम सत्ता हातमा लिन बाध्य भएको दाबी गर्ने ज्ञानेन्द्रले छोरा पारशलाई युवराज घोषणा गर्दासमेत जनआक्रोशको डरका कारण दशैं बिदाको सहारा लिनुपरेको थियो । यसबाट पनि पुष्टि हुन्छ– जनमत कहिल्यै स्थायी हुँदैन ।

अहिले राजावादीहरू उग्र हुनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘युज एण्ड थ्रो’ को सिद्धान्तले समेत काम गरेको बताइन्छ । तीन वर्षअघिको आमनिर्वाचनमा झापामा राजेन्द्र लिङ्गदेनसँग तालमेल गरेर ओलीले आफ्नो जित सुनिश्चित गर्नुभएको थियो ।

त्यसअघिको स्थानीय निर्वाचनमा पनि काठमाडौं महानगरको उपमेयरका निम्ति राप्रपाका राजाराम श्रेष्ठसँग तालमेल गरेर विद्यासुन्दर शाक्यलाई मेयरमा जिताइएकै हो । भलै, राजारामलाई हिस्स बनाएपछि त्यसको फाइदा काँग्रेसकी हरिप्रभा खड्गीले पाइन् ।

उतिबेला आफूमाथि घात भएपछि पनि राप्रपामा नै रहेका राजाराम उग्र कमल थापा बिरोधी हुन् । श्रेष्ठ राणाजस्तै ‘डाइहार्ड’ राजावादी बनेका छन् । नेपालगञ्जका मेयर धवलले यसबीच धेरैचोटी काठमाडौं आउँदै पूर्व राजा र उनी निकटस्थहरूसँग उठबस गरिसकेको बताइन्छ ।

राणा पछिल्ला दिनमा ज्ञानेन्द्रले पत्याएका थोरैमध्येको एक बनेका छन् । खुलेर कुरा गर्ने भएकाले पनि राजावादीहरूले धवल समशेरसँग बढी आशा गरेको बताइन्छ ।

पूर्व राजा ज्ञानेन्द्रले पनि चैतभित्र ठूलै उथलपथल हुने भएकाले धैर्यताका साथ आफ्नो कार्यक्रम अघि बढाउन राणालाई धाप मारेको कार्यकर्ताहरूको खासखुसमा सुनिन थालेको हो ।

Advertisement

आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top