तेह्रथुममा भिरबाट लडेर एक जनाको मृत्यु

१ पुस ७७, बुधबार
Share this
716shares

१ पौष, तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका-५ होडाका ५० बर्षीय बिजय कुमार राईको भिरबाट लडेर मृत्यु भएको छ ।

Advertisement

मंगलवार राती ८ बजेको समयमा स्थानीय ५० बर्षीय आँखा नदेख्ने धामी केशर बहादुर राईलाई आफ्नो घरमा धामी बसाउनका लागी डो¥याएर ल्याउने क्रममा बाटोमा रहेको अर्थुङगे भिरबाट अचानक १०० मिटर तल खसेका थिए ।

उनको घटनास्थलमा नै मृत्यु भएको थियो । ईलाका प्रहरी कार्यालय आठराईबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया गरी अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top