अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटारमा वान टु वान वार्ता जारी

१ पौष, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा वान टु वान वार्ता भइरहेको छ ।

नेकपाभित्र विवादले उग्र रुप लिँदै पानी बाराबारको अवस्था रहेकै बेला दुई अध्यक्षबीच वान टु वान वार्ता भइरहेको हो ।

आजै नेकपाको स्थायी समिति बैठक प्रधानमन्त्री समेत रहेका ओलीको सरकारी निवास बालुवाटारमा राखिएको अवस्थामा बैठकअघि दुई अध्यक्षबीच वार्ता भएको हो ।

संवैधानिक आयोगहरुमा नियुक्तिका लागि विवाद भइरहेको बेला ओलीले अकास्मात निर्णय गर्न सजिलो हुने गरी अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद थप उग्र बनेको छ ।

आजको स्थायी समिति बैठकमा ओली इतर समूहले कडारुपमा प्रस्तुत हुने यसअघि नै निर्णय गरिसकेको छ ।

नेकपा स्थायी समिति सदस्य सुवास नेम्वाङले सहमतिको प्रयासस्वरुप दुई अध्यक्षबीच बैठक भइरहेको जानकारी दिए । सरकारले ल्याएको अध्यादेश र पार्टीभित्रको विवादका सन्दर्भमा केन्द्रीत रहेर छलफल भइरहेको उनको भनाइ छ ।

नेकपाभित्रको लामो समयको विवाद नसुल्झिकन थप उग्र बन्दै गएपछि कतिपयले पार्टी फुटको डिलमा पुगेको टिप्पणी गर्न थागेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top