१ पुष, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।
जसमध्ये गत २४ घण्टामा ७ सय ३६ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा १, उदयपुरमा १, ओखलढुंगामा ४, झापामा ११, पाँचथरमा १, भोजपुरमा १, मोरङमा १४, संखुवासभामा १ ३ र सुनसरीमा १९ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश २ को धुनषामा ६, पर्सामा ९, बारामा २, महोत्तरीमा १ र सर्लाहीमा २ जनामा कोरोना पाइएको छ । बागमती प्रदेशको काठमाडौं २९४ जनामा कोरोना पुष्टि भएको छ । काभ्रेमा ८, चितवनमा १६, दोलखामा ३, धादिङमा ७, नुवाकोटमा १६, भक्तपुरमा २०, मकवानपुरमा १३, रसुवामा ३, रामेछापमा १, ललितपुरमा ७७ र सिन्धुपाल्चोकमा २ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा गण्डकी प्रदेशको कास्कीमा ४५, गोरखामा १४, तनहुँमा ७, नवलपरासी पूर्वमा १, पर्वतमा २, लमजुङमा ६, बागलुङमा ४ र स्याङजामा ५ जनामा कोरोना पुष्टि भएको छ । लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा २, गुल्मीमा ५, दाङमा ५, नवलपरासीमा २, पाल्पामा ८, प्यूठानमा ६, बर्दियामा ४, बाँकेमा २२, रुकुम पूर्वमा १, रोल्पामा २ र रुपन्देहीमा २५ जनामा कोरोना पाइएको छ ।
कर्णाली प्रदेशको सुर्खेतमा मात्र २ जनामा कोरोना भेटिएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा २५, कैलालीमा १, डडेल्धुरामा १ र बझाङमा ३ जनामा कोरोनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।