स्पेनिस ला लिगाः रियल सोसिडामाथि बार्सिलोनाद्वारा २–१ को जित दर्ता

स्पेनिस ला लिगाः रियल सोसिडामाथि बार्सिलोनाद्वारा २–१ को जित दर्ता

२ पौष, काठमाण्डौ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल सोसिडाडलाई २–१ ले हराएको छ ।

आज बिहान नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाका लागि जोर्डी अल्बा र फ्रेन्की डी जोङ्गले गोल गरे । यस्तै रियल सोसिडाडका लागि विलियन जोसेले एक गोल गरे । जितपछि १२ खेलबाट २० अंक जोडेको बार्सिलोना पाँचौँ स्थानमा छ ।

बार्सिलोनाले रियल सोसिडाडलाई हराएपछि एथ्लेटिको मड्रिड अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । उसको ११ खेलबाट २६ अंक छ । दोस्रो स्थानमा झरेको रियल सोसिडाडको १४ खेलबाट २६ अंक छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.