सन्तोष बीबीसी मास्टर सेफको टप थ्रीमा छनोट

सन्तोष बीबीसी मास्टर सेफको टप थ्रीमा छनोट

२ पुस, एजेन्सी ।
नेपाली सेफ सन्तोष साह बीबीसी मास्टर सेफको शीर्ष तीनमा छनौट भएका छन् ।

आफ्नो सबैभन्दा प्रिय व्यक्तिलाई समर्पित गरेर खाना बनाउनुपर्ने राउन्डमा उनले आमालाई सम्झिए । आमाले सानोमा आफूलाई खुवाउने गरेको खाजा पस्किएर उनी मास्टर सेफको शीर्ष तीनमा पुगेका हुन् ।

बुधबार राति बीबीसी वानमा प्रसारण भएको मास्टर सेफ प्रोफेसनल २०२० मा सन्तोषले उत्कृष्ट तीन सेफको स्थानमा पर्न सफल भएका हुन् ।नेपाली टोपी लगाएर मास्टर सेफको प्रतियोगितामा आएका सन्तोषले आफ्नो सबैभन्दा प्रिय व्यक्तिलाई समर्पित गरेर खाना बनाउनु पर्ने राउन्डमा आमालाई सम्झिए ।

सन्तोषले यो प्रतियोगितामा पुरी, गँगटाको तरकारी, भुटेको चिउरा, भुटेको खुर्सानी, खिरलगायतका परिकार तयार पारेका थिए । प्रतियोगिताको फाइनल बिहीबार हुँदैछ । प्रतियोगिताका प्रत्येक चरणमा सन्तोषले नेपाली परिकार बनाएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.