काठमाडौंको चिसो २.३ डिग्री सेल्सियस, उच्च हिमाली जिल्लामा माइनस ७ डिग्री

२ पुस, काठमाडौं ।
देशभर चिसो ह्वात्तै बढेको छ ।

Advertisement

उच्च हिमाली जिल्लाहरुमा तापक्रम माइनसमा झरेको छ ।  जुम्ला, जिरी, जोमसोम लगायतका ठाउँमा तापक्रम माइनसमा झरेको हो । हिजो जुम्लामा सबैभन्दा कम तापक्रम माइनस ७ दशमलव १ डिग्रीमा झरेको थियो ।

आज काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ३ डिग्री सेल्सियसमा झरेको छ । हिजो काठमाडौंको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री रहेको थियो । अहिले पूर्वी तथा पश्चिमी नेपालको तराई भू–भागमा हुस्सु–कुहिरो लागेको छ ।

Advertisement

आज दिउँसो प्रदेश नम्बर १ तथा गण्डकी प्रदेशको पहाडी भू–भागहरुमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेकाले बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।

आज राति भने देशका पहाडी भू–भागहरुमा आंशिक बदली रहने र बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top