इस्लाम-हिन्दू धर्मावलम्बीको साझा आस्थाको केन्द्र मदारबाबामा केवलकार सञ्चालन हुने

पौष, काठमाडौं । इस्लाम र हिन्दू धर्मावलम्बीको साझा आस्थाको केन्द्र मदारबाबा थानमा केवलकार सञ्चालन हुने भएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुस्ता गाउँपालिका–२ स्थित यस स्थललाई धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले गाउँपालिकाले केवलकार सञ्चालनका लागि प्रक्रिया थालेको हो ।

मदारबाबा थान (समाधीस्थल) पुग्न महलबारी बजारबाट पहाड र जङ्गल हुँदै करिब तीन घण्टाको उकालो चढ्नुपर्ने हुन्छ । व्यवस्थित सडक नहुँदा भक्तजन घण्टौँ जोखिमपूर्ण पैदलयात्रा गरेर समाधीस्थल पुग्ने गरेका छन् । महलबारीबाट समाधीस्थलसम्म जाने यात्रुलाई सहजताका लागि केवलकार सञ्चालन गर्न लागिएको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए ।

Advertisement

“हामीले स्थानीय तहको चुनावका क्रममै घोषणापत्रमा यहाँ आउने भक्तजन र पर्यटकलाई आवातजावतमा सहज बनाउन केवलकार सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थियौँ, सोहीअनुसार प्रक्रिया शुरु गरेका छौँ”, उनले भने, “केवलकार सञ्चालनका लागि व्यवसायीहरू आएर लगानी गर्ने इच्छा देखाउनुभएको छ” ।

सुस्ता–२ महलबारीबाट समाधीस्थलसम्मको नौ किलोमिटर बाटो हाल जोखिमपूर्ण पैदलयात्राबाट जानुपर्ने बाध्यता छ । समाधीस्थलमा पुगेर दर्शन गर्दा मनोकामना पूरा हुने विश्वासका साथ यहाँ प्रत्येक वर्ष नेपाल र भारतका लाखौँ भक्तजन आउने गरेका छन् । यहाँ शिवरात्रिभन्दा नौ दिनअघिदेखि ठूलो मेला लाग्ने गर्दछ । दश दिनसम्म लाग्ने मेला शिवरात्रिको दिन समापन हुन्छ ।

Advertisement

यस पवित्रस्थलमा बाह्रै महिना पर्यटकको आकर्षण बढाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न गाउँपालिकाले केवलकार सञ्चालनको प्रक्रिया थालेको जनाएको छ । पैदलयात्रा नै गरेर दर्शनका लागि समाधीस्थल पुग्न चाहने भक्तजनको सुविधाका लागि पनि महलबारीबाट समाधीस्थलसम्म सिँढी निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष पाण्डेले उल्लेख गरे । समाधीस्थलसम्म पुग्ने बाटो वन क्षेत्रमा पर्ने भएकाले सिँढी निर्माणका लागि वन विभागसँग स्वीकृतिका लागि पठाइएको उनले बताए । गढीमाईपछिको सबैभन्दा ठूलो मेला लाग्ने यस स्थलमा अप्ठ्यारो सडकसँगै खानेपानी, बिजुली, शौचालयको समेत समस्या छ ।

यस क्षेत्रको विकास, संरक्षण र जर्गेनाका लागि गाउँपालिकाले प्रत्येक वर्ष बजेट विनियोजन गरी लगानी गर्दै आएको अध्यक्ष पाण्डे बताए । गत वर्ष रु २५ लाख विनियोजन भएकामा कोरोना महामारीका कारण काम गर्न नसकिए पनि यस वर्ष निरन्तरता दिने उनले बताए । लुम्बिनी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पनि यस क्षेत्रको विकासका लागि बजेट विनियोजन गरेको छ । तीनै तहका सरकारको साझेदारीमा यस क्षेत्रको विकासका लागि गुरुयोजना बनाएर काम गर्ने उनको भनाइ छ ।

मुस्लिम समुदायका लागि नेपालकै ठूलो र पुरानो ऐतिहासिक मदारबाबास्थलमा हरेक वर्ष फागुन महिनामा लाग्ने मेलामा पाँच लाखभन्दा बढी भक्तजन आउने गर्दछन् । त्यसमध्ये ६० प्रतिशतभन्दा बढी भारतबाट आउने गरेको मदारबाबास्थलका मठाधीश अमिरुल्लाह अन्सारीले बताए । विशेषगरी सन्तान नहुनेहरुले यहाँ आएर दर्शन गर्दा सन्तान प्राप्ति हुने गरेको जनविश्वास छ । यसबाहेक अन्य बिरामीले यहाँ आएर भाकल गर्ने गरेका छन् ।

यहाँ आउने पर्यटक एक दिन बास बसेर जाने गरेका छन् । तर समाधीस्थलमा बासको राम्रो व्यवस्था छैन भने पिउन तथा स्नान गर्न पानीको सुविधा छैन । बिजुली नहुँदा टुकीको भरमा प्रार्थना तथा पूजा गर्नुपर्ने बाध्यता छ । यस क्षेत्रको संरक्षण कुतबुल मदार शाह दरगाह कमिटी महलबारीले गर्दै आएको छ । मठाधीश अन्सारीका अनुसार यो स्थल मदारबाबाले तपस्या गरेको क्षेत्र हो । आजभन्दा ६०० वर्ष पहिला मदारबाबा यस स्थलमा आएर तपस्या गर्नुका साथै आफ्ना शिष्यहरुलाई सन्देश दिने र मानवसेवामा क्रियाशील थिए । शुरुमा महलबारीमा रहेको गद्दी घरमा बाबा बस्ने गरेको तर त्यहाँ भीड बढ्न थालेपछि माथि पहाड हालको समाधीस्थलमा गएर तपस्या र सेवा गर्ने गरेको किंवदन्ती छ । उहाँका शिष्य र अनुयायी हिन्दू तथा इस्लाम दुबै धर्मका रहेकाले आज पनि यस स्थलमा सबै धर्मको उत्तिकै आस्था र विश्वास रहेको छ ।

विश्वका १०३ देशमा भ्रमण गर्ने क्रममा मदारबाबाले नवलपरासीको यस मदारडाँडा र बुटवलको फूलबारीमा पनि तपस्या गरेको बताइन्छ । भौगोलिकरूपले विकट तथा वर्षको एकपटक मात्र मेला लाग्ने गरेकाले यस क्षेत्रको उचित प्रचारप्रसार र विकास हुनसकेको छैन । केवलकार सञ्चालन भए यहाँ आउने पर्यटक थप बढ्ने र आवातजावतमा सहज हुने मठाधीश अन्सारीले बताए । यद्यपि पैदलयात्रामा रमाउनेका लागि सिँढी पनि आवश्यक रहेको उनले बताए।

विश्वकै धेरोहरका रूपमा रहेका यस स्थलको विकासका लागि तीनै तहका सरकारले ठोस योजनाका साथ कार्य गर्नुपर्ने कुतबुल मदारशाह दरगाह कमिटीका अध्यक्ष निजामुद्दिन मियाँले बताए । यसस्थलमा पुग्न सदरमुकाम परासीबाट २७ किलोमिटर र पूर्वपश्चिम राजमार्गको बर्दघाटबाट २१ किलोमिटरको यात्रा तय गर्नुपर्दछ । (रासस)

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top