इङ्ग्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेड विजयी

३ पौष, एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

Advertisement

गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । जितसँगै म्यानचेस्टर युनाइटेडले चौथो स्थानमा रहेको लेस्टर सिटीसँग अंक दूरी छोट्याएको छ ।

अंक तालिकामा लेस्टर सिटीको १३ खेलबाट २४ अंक छ भने म्यानचेस्टर युनाइटेड १२ खेलमा २३ अंकका साथ छैठौं स्थानमा छ । सेफिल्ड युनाइटेड भने पुछारमा रहेको छ।

Advertisement

यस्तै, प्रिमियर लिगकै अर्को खेलमा एस्टोन भिल्ला र बर्नलीले बराबरी खेलेका छन् । दुवै टिमले गोलरहित बराबरी खेलेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top