ट्रफी नजिते पनि मैले नेपालीको मन जितेको छुः सन्तोष साह

३ पौष, विराटनगर । नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ यूकेको उपाधि नजिते पनि उत्कृष्ट तीनमै सीमित साहले यसैलाई पनि निकै ठूलो उपलब्धि मानेका छन् ।

Advertisement

अन्तिमसम्मको यात्रा तय गरेर नेपाली खानालाई चर्चित टेलिभिजन कार्यक्रममार्फत विश्वसामु पस्किन पाएकोमा उनी निकै खुसी छन् ।

प्रतियोगिताको प्रत्येक चरणमा नेपाली परिकार पस्किएर निर्णायकको मन जित्न सफल साहले फाइनलमा आफूले सोचे जस्तो गर्न नसकेको बताए ।

Advertisement

‘मास्टर सेफ प्रोफेस्नल्स यूके २०२०’ को उपाधि बेलायतका २५ वर्षीय एलेक्स वेबले जितेका छन् ।

बिहीबार राति बीबीसी वान टेलिभिजनमा प्रशारित फाइनल प्रतियोगितामा सन्तोष र ३३ वर्षका बार्ट भान डेर लीलाई पछि पारेर एलेक्सले उपाधि जितेका हुन् ।

Advertisement

३५ वर्षीय नेपाली सेफ साह सिराहाको कर्जन्हाका बासिन्दा हुन् ।

साहले ट्रफी हात लगाउनु मात्र जित होइन भन्दै आफूले निर्णायक र नेपालीको मन जितिसकेको प्रतिक्रिया दिएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top