नाइजेरियामा बोकोहरामको अपहरणमा परेका ३४४ जना बालकहरु अपहरणमुक्त

३ पौष, एजेन्सी । उत्तरी नाइजेरियामा गत शुक्रबार विद्रोहीको अपहरणमा परेका बालकहरु अपहरणमुक्त भएका छन् ।

Advertisement

नाइजेरियामा संघर्षरत बोकोहरामले एक साताअघि एक विद्यालयबाट ती बालकहरु अपहरण गरेका थिए ।

काट्सिना राज्यका प्रवक्ताले ३४४ जना बालकहरु अपहरणमुक्त भएको बताए ।

Advertisement

अझै केही विद्यार्थी अपहरणकारीको नियन्त्रणमै रहेको बताइएको छ ।

एक साताअघि नै बालकहरु अपहरण गरेपनि विद्रोहीले बिहीबार मात्र भिडियो सन्देश जारी गरेर उनीहरुको अवस्थाबारे जानकारी गराएको थियो ।

Advertisement

आफ्ना बालहरु अपहरणमा परेपछि स्थानीयले सरकारर्लाइ दवाव दिएका थिए ।

उनीहरुले आफ्ना बालकहरु सकुशल फिर्ता हुनुपर्ने भन्दै सरकारलाई दवाव दिएका थिए ।

यद्धपी अझै पनि विद्यार्थी अपहरणमा परेका र अपहरणमुक्त भए भन्ने सरकारी अधिकारीहरुसँग तथ्यांक नभएको बताइएको छ ।

अपहरणमुक्त भएका बालकहरुको स्वास्थ्य परीक्षण गरेर अभिभावकको जिम्मा लगाइएको छ ।

स्कुले विद्यार्थी अपहरणको घटनासँगै नाइजेरियामा सुरक्षा चिन्ता बढेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top