×

NEPAL TIMES UPDATES

Playing
दलीय भागबन्डाका नियुक्तिमा बालेनको कैँची, क–कसको जान्छ जागिर ? || Nepal Times
Apr 30, 2026
Playing
बालेन सरकारलाई सुकुम्बासीकै सहयोग,बस्ती खाली गर्न चटारो, कहाँको अवस्था कस्तो छ ? || Nepal Times
Apr 30, 2026
Playing
नेताहरूलाई डण्डा बर्साएर कस्तो कांग्रेस बनाउन खोज्दैछन् गगन ? || Nepal Times
Apr 30, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-17-2083 || Nepal Times
Apr 30, 2026
Playing
मेलामा गएको जिप भयानक दु र्घ ट नामा, १८ जनाको घटनास्थलमै मृ त्यु || Nepal Times
Apr 30, 2026
Playing
के साँच्चै देश बर्बाद भएकै हो ?विदेशिएका नेपालीले बनाउँदैछन् देश || Nepal Times
Apr 30, 2026
Playing
खामेनीले अमेरिकालाई हप्काए, परमाणु र क्षेप्यास्त्रमा सम्झौता नहुने|| Nepal Times
Apr 30, 2026
Playing
द्व*न्द्व, नाका*बन्दी र महँगो ऊर्जाः कता जाँदैछ विश्व बजार?|| Nepal Times
Apr 30, 2026
Playing
६ अध्यादेशमा सहकारी अध्यादेश जारी, ५ वटा होल्ड,रोके सरकारसँग टकराव || Nepal Times
Apr 30, 2026
Playing
सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु || Nepal Times
Apr 30, 2026

भक्तपुर दुर्घटना: महिलाको मृत्युमाथिको आशंका पुष्टि भएन, साढे ११ लाख क्षतिपूर्ति दिने सहमति

३ पौष, काठमाडौं । भक्तपुर दुर्घटना प्रकरणमा महिलाको मृत्युमाथि परिवारले गरेको आशंका अनुसन्धानबाट पुष्टि नभएको प्रहरीले जनाएको छ । काठमाडौं मेडिकल कलेज, दुवाकोटमा गरिएको पोष्टमार्टमको प्रतिवेदनले पनि ३० वर्षीया रिया श्रेष्ठको दुर्घटनामा ठोक्किएका कारण मृत्यु भएको निष्कर्ष निकालेको छ ।

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३, कौशलटारमा २१ मंसिरमा बा ८ च ४७५६ नम्बरको कार दुर्घटना हुँदा २१ मंसिरमा श्रेष्ठको मृत्यु भएको थियो भने कार चालक रञ्जित कार्कीसहित अन्य दुई जना भने सामान्य घाइते भएका थिए ।

Advertisement
Advertisement

भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापाका अनुसार पीडित पक्षले दिएको किटानी जाहेरी का आधारमा अनुसन्धान गर्दा शंकास्पद विषयहरु भेटिएनन् । त्यसपछि दुवै पक्षले छलफल गरेर मृतक श्रेष्ठकी ७ वर्षीय छोराको नाममा क्षतिपूर्ति रकम जम्मा गर्ने गरी सहमति भएको छ ।

प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालयमार्फत ५ लाख २५ हजार रुपैयाँसहित बच्चाको पढाइका लागि थप ६ लाख २५ हजार रुपैयाँ गरी साढे ११ लाख रुपैयाँ खातामा जम्मा गरिदिने सहमति भएको छ ।

दुर्घटनामा कारको अगाडिपट्टीको भाग फलामको बार भएको पोलमा ठोक्किएर ६० फिटसम्म क्षति पुगेको थियो । यत्रो दुर्घटना हुँदा अरुलाई केही नहुनु शंकास्पद भएको मृतकका पति राजुले दाबी गरेका थिए ।

तर, अनुसन्धान अधिकृतहरुले भने कार्कीले घटनापछि युवतीलाई उठाएर सर्भिस ट्र्याकमा ल्याएर राखेको पाइएको बताएका छन् । मृत्यु भइसकेको थाहा पाएपछि भाग्नु चाहिँ चालक कार्कीलगायतको गल्ती भएको प्रहरीको भनाइ छ ।

महिलाले सिट बेल्ट नलगाएका कारण उछिट्टिएर अगाडि पुगेको प्रहरीको निष्कर्ष छ । दुवै जनाले मादक पदार्थ सेवन गरेको आशंका गरिए पनि समयमै परीक्षण गर्न नपाउँदा पुष्टि नभएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार घटना भएका वेला रञ्जित र रिया नगरकोट गएर फर्किएका थिए । घर फर्किइसकेपछि राधेराधेबाट दुई जना साथीले बोलाएपछि उनीहरु लिन गएका थिए । त्यसक्रममा फर्किँदा दुर्घटना भएको हो ।

चालक कार्कीले कार तीव्र गतिमा रहेको जस्तो लागेपछि मिटरमा हेर्दा अचानक अगाडि गाईको बाच्छा देखेको बताएका छन्, जसलाई जोगाउन खोज्दा डिभाइडरमा ठोक्किएको कार्कीको दाबी छ ।

Advertisement

सवारी ज्यान सम्बन्धी कसूरमा कार्की अझै थुनामा छन् । कानुनतः २५ दिन अगावै यस किसिमको मुद्दाको अनुसन्धान सकेर प्रहरीले सरकारी वकिलको कार्यालयमा पठाउनुपर्छ ।

भर्खरको समाचार

सुकुम्बासीमाथि ज्यादति नहोस्, सिन्को नभाँचेका प्रतिपक्षले खसाले आँसु

682708147_966401619313189_6197832107574502867_n

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै, ६ अध्यादेशमा जनताको सेवा

balen sarkar

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सम्बन्धित खबरहरु

Scroll to Top