आज १,०२९ संक्रमित डिस्चार्ज हुँदा थपिए ७८२, थप १६ जनाको मृत्यु

३ पौष, विराटनगर । पछिल्लो २४ घण्टामा थप ७ सय ८२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

Advertisement

आजै १ हजार २९ जना कोरोना मुक्त भई डिस्चार्ज भएका छन् भने थप १६ संक्रमितको मृत्यु भएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ । उनीहरुमध्ये २ लाख ४१ हजार ३९२ जना संक्रमणमुक्त भएका छन् भने १७ सय ६५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Advertisement

हाल देशभर ९ हजार ३ सय १७ सक्रिय संक्रमित छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top