राष्ट्रपतिका कारण लोकतान्त्रिक प्रणाली कमजोरः बालकृष्ण खाँड

३ पौष, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संवैधानिक राष्ट्रपति नै संविधानको प्रतिकुलतामा उभिएको टिप्पणी गरेका छन् ।

शुक्रबार नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक खाँडले यस्तो टिप्पणी गरेका हुन् । उनले संवैधानिक राष्ट्रपति संविधानको प्रतिकुलतामा उभिदा लोकतान्त्रिक प्रणाली नै कमजोर बन्ने बताए ।

पछिल्लो समय राष्ट्रपतिको भुमिकाको सम्बन्धमा जनतामा तिव्र बिरोध हुनुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउन नै बाधा पुराउने बताए । उनले भने – ‘राष्ट्रपति संविधानको प्रतिकुलतामा उभिनु, राष्ट्रपतिको जनतामा तिव्र बिरोध हुनु, त्यसले गम्भिर आघात पु¥याउँछ । गणतन्त्रलाई सबल बनाउन पनि बाधा पु¥याउँछ । राष्ट्रपति गम्भिर बन्नुस् भन्ने कांग्रेसको सल्लाह छ ।’

सरकारले आफ्नो असफलतालाई ढाकछोप गर्न निरंकुश र सर्वसत्तावादी सोचलाई अगाडी बढाएको समेत प्रमुख सचेतक खाँडले बताए । सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश माथि नागरिकको तिब्र विरोध हुँदाहुँदैपनि स्वीकृत गर्नु राष्ट्रपतिको कमजोरी भएको पनि प्रमुख सचेतक खाँडले बताए । उनले भने – ‘राष्ट्रपतिले राम्रो गर्नुभएन । संविधानको पालना गर्ने, संविधानको रक्षा गर्ने प्रमुख दायित्व राष्ट्रपतिको हो । सरकारले गरेको निर्णय संविधानको प्रतिकुल छ भने सरकारलाई सच्याउन राष्ट्रपतिले सुझाव दिने, सल्लाह दिने परम्परा छ । संसारभरीको चलन छ । यही अध्यादेश केही समय अघि ल्याउँदा सबै राजनीतिक दल, कानुन, विज्ञ, मिडियाले विरोधका कारण फिर्ता लिईएको थियो । फिर्ता गरिसकेको अध्यादेश लैजाँदा राष्ट्रपतिले त्यति चाँडो स्वीकृत गर्नु उहाँको कमजोरी हो ।’

प्रमुख सचेतक खाँडले नेपाली कांग्रेस सरकारले संविधानको प्रतिकुलतामा गरेको निर्णयको बिरोधमा रहेको समेत बताए । उनले भने ‘सरकारले जनता प्रतिको उत्तरदायित्व निर्वाह गर्न उदासिनता देखाएको छ । सरकारलाई उत्तरदायि बनाउने कुरामा जोड रहन्छ ।’

यस्तै सांसद दिव्यमणिराज राजभण्डारीले सरकार संविधान अनुरुप चल्नुपर्ने बताए । सरकार आफु खुशी नचलेर संविधान अनुरुप लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रको सदुपयोग हुनेगरी चल्नुपर्ने बताए । उनले भने ‘संविधान अनुसार चल्नुप¥यो । बिधि, बिधान अनुसार चल्नुप¥यो । जनताको हितको लागि लाग्नुप¥यो । आफुखुशी मनपरी गरेर हुँदैन । सबैको रक्षा हुनुपर्छ । अहिले जुन परिस्थिति छ यसरी देश चलाएर हुँदैन । संविधान अनुसार चलेन, लोकतन्त्र, प्रजातन्त्र र गणतन्त्रको सदुपयोग हुनुप¥यो, दुरुपयोग होईन ।’

नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति बैठकले सम्वैधानिक परिषद् सम्बन्धी अध्यादेश तुरुन्त फिर्ता गर्न र संसद अधिवेशन बोलाउन माग गरेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top