दाहाललाई भेट्न ओली खुमलटार जाँदै

दाहाललाई भेट्न ओली खुमलटार जाँदै

४ पुुस, काठमाडौँ ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न शनिबार बिहान खुमलटार जाँदैछन् ।

पार्टी भित्रको आन्तरिक विवाद छरपष्ट भएर उत्कर्षमा पुगेको तथा आफू संकटमा आएको बेला ओली प्रचण्डलाई भेट्न उनकै निवास जाने भएका छन् । ओली शनिबार बिहान १० बजेपछि प्रचण्डसँगको भेटका लागि उनकै निवास खुमलटार जाने भएका हुन् ।

ओली पक्षीय नेता तथा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अध्यक्ष तथा प्रधानमन्त्री ओली भेटका लागि आउन लागेको जानकारी खुमलटारमा गराएका हुन् । त्यसपछि बालुवाटार र खुमलटारको सुरक्षाका लागि खटिएका टोलीबिच समन्वय भई सुरक्षा व्यवस्था कडा पारिएको छ ।

दुई अध्यक्षबिच बालुवाटारमा भेट भएको थियो । त्यसपछि शनिबार संकट समाधानको प्रयास स्वरुप भइरहेको वार्तालाई अघि बढाउन ओली खुमलटार जान लागेका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.