जो बाइडेनसँग वार्ता गर्न क्युबाका राष्ट्रपति इच्छुक

४ पुस, एजेन्सी ।
क्युबाका राष्ट्रपति मिगेल डायज–कनेलले अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनसँग कुनै पनि विषयमा वार्ता गर्न इच्छुक रहेको बताएका छन्।

क्युबाली संसदको समापनका अवसरमा सम्बोधन गर्दै राष्ट्रपति कनेलले क्युबाको क्रान्ति, समाजवाद र सार्वभौमिकता बाहेकका कुनै पनि विषयमा खुलेर छलफल गर्न आफ्नो देश तयार रहेको बताएका हुन्।

गत अक्टोबरमा चुनावी प्रचारका क्रममा बाइडेनले अमेरिकालाई नयाँ क्युबा नीति चाहिएको बताएका थिए। तर उनले क्युबा नीति कहिले जारी गर्ने र त्यसको कार्यान्वयन कसरी हुन्छ भन्नेमा अझै केही बताएका छैनन्।

बाइडेनले यसअघि नै राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेका विप्रेषण प्रवाह र क्युबाको भ्रमण सम्बन्धी नीतिहरु खारेज गर्ने बताइसकेका छन्।

गत नोभेम्बर ९ मा अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएसँगै क्युबाका राष्ट्रपति कनेलले ट्वीट गर्दै चुनाव मार्फत अमेरिकी जनताले परिवर्तन चाहेको बताएका थिए।

उनले आआफ्ना मुलुकका मतभिन्नतालाई सम्मान गर्दै रचनात्मक द्वीपक्षीय सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गरेका छन्।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top