सिट्ठी बजाएर त्रिवि आंशिक प्राध्यापकहरुको प्रदर्शन

सिट्ठी बजाएर त्रिवि आंशिक प्राध्यापकहरुको प्रदर्शन

५ पौष, काठमाडौं । समान कामको समान प्रारिश्रमिक हुनुपर्ने माग गर्दै आन्दोलनरत त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले आज (आइतबार) सिट्ठी बजाएर विरोध प्रदर्शन गरेका छन् ।

आंशिक प्राध्यापकहरुले आइतबार कीर्तिपुर स्थित उपकुलपतिको कार्यालय अगाडि आफ्ना मागहरु पुरा गर्न दावाव दिन सिट्ठी बजाएर प्रदर्शन गरेका हुन् ।

आंशिक प्राध्यापकहरुले एक शैक्षिकसत्र पुरा गरेका सम्पूर्ण आंशिक प्राध्यापकहरुलाई पूर्णकालिन करार गर्नुपर्ने माग गरेका छन् ।

त्रि.वि. आंशिक प्राध्यापक संघ केन्द्रीय समितिका सचिव इश्वरचन्द्र पौडेलले विगत १५ वर्ष यता आन्दोलन गर्दै आएको र यसपटक निर्णायक आन्दोलन गरिएको बताए ।

आंशिक प्राध्यापकहरुले ‘हामी बधुवा मजदूर होइनौं, समान कामको समान ज्याला चाहन्छौं’, ‘अतिरिक्त कक्षा व्यवस्थापन निर्देशिकाको सट्टा आंशिक प्राध्यापक व्यवस्थापन निर्देशिका चाहन्छौं’, ‘हामी सम्पूर्ण आंशिक प्राध्यापकहरु एक हुन चाहन्छौं’, ‘त्रिभुवन विश्वविद्यालय हामी सबैको गौरव र पहिचानको धरोहर हो त्यसैले अस्तित्व जोगाउन चाहन्छौं’, ‘त्रिभुवन विश्वविद्यालयमा समान कामको समान ज्याला ज्ञारेन्टी गर’ लेखिएको ब्यानर सहित प्रदर्शनमा उत्रिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.