संसद् विघटनविरुद्ध सर्वोच्चमा ८ रिट

६ पौष, काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन मिति घोषणाको विरूद्धमा सर्वोच्च अदालतमा ८ वटा रिट दर्ताका लागि पेश भएका छन् ।

Advertisement

सर्वोच्चको मुद्दा महाशाखा प्रमुख बाबुराम दाहालले अहिलेसम्म ८ वटा रिट दर्ताका लागि पेश भएकामा आफ्नो हातमा पाँच वटा रिट आइपुगेको र बाँकी तीन वटा पनि दर्ताका लागि पेश भएको बताए।

’सबै रिट दर्ता प्रकृयामा छन्,’ उनले भने, ’हामीले अध्ययन र प्रकृया पूरा भएपछि निर्णय गर्छौं।’

Advertisement

उनका अनुसार अधिवक्ता लोकेन्द्र वली, पदम खत्रीलगायतले दिएका रिट दर्ता प्रकृयामा आएका छन्।

अधिवक्ता वली लगायतले दिएका तीन वटा रिट हिजै सर्वोच्चमा पेश भएका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top