ओलीले भने, ‘जनतासँग क्षमायाचना गर्दै भोट माग्नु’

६ पौष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकटका विघटित प्रतिनिधी सभा सदस्यहरुसँग बालुवाटारमा छलफल गरेका छन् ।

Advertisement

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आफु निकटका विघटित प्रतिनिधी सभा सदस्यहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले सरकारले गरेको राम्रो कामको प्रचार प्रसार र संसद विघटनको निर्णयको पक्षमा उभिदैँ ताजा निर्वाचनमा जान नेताहरुलाई निर्देशन दिएका छन् ।

ओलीले सरकारलाई राम्रोसँग काम गर्न नदिएको, प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव र राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी गरेको देखिएपछि संसद विघटनको निर्णय गर्नुपरेको बताएको निवर्तमान सांसद निरुदेवी पालले बताइन् ।

Advertisement

उनले भनिन् ‘सरकारलाई काम गर्न नदिने, विश्वभर कम्युनिष्ट आन्दोलन ओरालो लागेको बेला नेपालमा भने जुटाएर ठुलो पार्टी बनाएको अवस्थामा पनि सरकारलाई काम गर्न नदिने, एकताको काम पनि अगाडी बढाउन सकिएन । सरकारले जसरी काम गर्नुपथ्र्यो त्यसरी काम गर्न दिईएन । प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव र राष्ट्रपतिलाई महाअभियोग लगाउने कुराले बाध्य भएर संसद विघटन गराउनुपरेको कुरा प्रधानमन्त्रीले जानकारी गराउनुभएको छ ।’

प्रधानमन्त्री ओलीले संसद विघटनको कारण सहित जनतासँग क्षमायाचना गर्दै मत माग्न जान पनि निर्देशन दिएका छन् । राष्ट्रियताका सवालमा सरकारले गरेका कामहरुको प्रचार गर्न निर्देशन दिँदै ओलीले मत माग्नुपर्ने बताएका हुन् ।

Advertisement

ओलीको भनाई उदृत गर्दै पालले भनिन् ‘नयाँ जनादेशको लागि फेरि हामी जनतामा जानुपर्छ । संसद विघटनको कारणसहित जनतामा जानेछौँ । जनतासँग क्षमायाचना गर्नेछौँ । राष्ट्रिय एकताको सवालमा प्रधानमन्त्रीले लिएको कदम, कालापानी लिपुलेकलाई नेपालको नक्सामा सामेल गर्ने र सर्वसम्मत् संविधान संशोधन गरे वापत् प्रधानमन्त्रीलाई चुनौती आएको हो । देशलाई समृद्ध बनाउन प्रधानमन्त्रीले गरेको काम लिएर जनादेशमा जान निर्देशन गर्नुभयो ।’

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव विष्णु पौडेल, र स्थायी कमिटी सदस्य लेखराज भट्टले निर्देशन दिएका थिए । भट्ट पूर्व माओवादी समुहका नेता हुन् । पूर्व माओवादी समुहका मन्त्रीहरुले राजीनामा दिएको भएपनि उद्योगमन्त्री रहेका भट्टले राजीनामा दिएका छैनन् ।

भोलिको केन्द्रीय कमिटि बैठकमा ओली समूह नजाने

सांसद पालले प्रचण्ड माधव समूहले पौष ७ गते बोलाएको केन्द्रीय कमिटी बैठकमा ओली पक्ष नजाने र ओलीले छुट्टै केन्द्रीय कमिटी बैठक बोलाउने बताइन् । नेकपाको अन्तरिम विधानमा अल्पमत, बहुमतको व्यवस्था नभएको भन्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न नसकिने बताइन् । साथै उनले प्रचण्ड माधव समूहले पौष ७ गते बोलाइएको केन्द्रीय कमिटी बैठकमा आफुहरुको उपस्थिति नहुने स्पष्ट पारिन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top