नेकपा कलहले गण्डकी प्रदेश सरकार ढल्ने सम्भावना

७ पौष, काठमाडौं । प्रतिनिधिसभा विघटन भएसँगै नेकपामा आएको उतारचढावको प्रभाव गण्डकी प्रदेश सरकारमा पनि पर्ने भएको छ ।

नेकपामा देखिएको जोडघटाउको असरले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार पनि संकटमा पर्ने देखिएको छ ।

गण्डकी प्रदेशसभामा नेकपाका ४० सदस्य रहेका छन् जसमध्ये पूर्व एमाले २८ र पूर्व माओवादीका १२ सदस्य छन् ।

त्यसमा पनि २७ सदस्य केपी शर्मा ओली पक्षधरका रहेका छन् । ईन्द्रलाल सापकोटा मात्र माधव नेपाल समूहका सदस्य हुन् ।

त्यस्तै, कांग्रेसका १५, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सदस्य छन् ।

ओली पक्षमा रहेका भनिएका २७ मध्ये अरु ३–४ जना ओली पक्षको नभई जसको लविङ पुग्छ उसैको हुने चर्चा पनि चल्न थालेको छ ।

त्यस्तै गण्डकी प्रदेशमा सरकार फेरबदल हुँदा साना दल पनि निर्णायक बन्ने देखिएको छ ।

किनभने २७ सदस्य हुँदा ओली पक्षले जसपाको २ र जनमोर्चाको ३ सदस्यको साथ पाएमा मात्र सरकारलाई निरन्तरता दिनसक्ने देखिन्छ ।

तर प्रचण्ड–माधव समूहमा १३ सदस्य रहँदा र कांग्रेसको १५ सदस्य थपिँदा २८ हुने भएकाले जनमोर्चाको साथ पाएमात्र पनि नयाँ समीकरण बनाएर सरकार बनाउन सक्ने सम्भावना देखिन्छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top